प्रदेश ५समाचारसमाज
Trending

तिलत्तोमा सेकेण्डरी स्कुलमा नयाँ बिधार्थीलाई स्वागत

२७ कार्तिक, शुद्धोदन

रुपन्देहीको शुद्धोदन ४ फर्साटिकरमा रहेको तिलत्तोमा सेकेण्डरी ईङ्गलिस स्कुलमा नव आगन्तुक बिधार्थीहरुलाई स्वागत गरिएको छ। कक्षा १२ मा अध्ययन गर्ने बिधार्थीहरुद्वारा कक्षा ११ मा अध्ययन गर्न बिधालयमा आएका नव आगन्चुक बिधार्थीहरुको स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो। नव आगन्तुक बिधार्थीहरुलाई स्वागत तथा सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि यम प्रसाद गैरेरेले उच्च शिक्षाको गन्तव्य निर्धारण गर्न यस तिलत्तोमा सेकेण्डरी ईङ्गलिस स्कुलमा आएका नव आगन्तुक बिधार्थीहरुले बिधालयको अनुशासन र नियमको पालन गरी अधययन गर्ने हरेक बिधार्थीको भविष्य सुन्दर र उज्जवल रहेको बताउनु भयो। बिधालय व्यबस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख अतिथि गैरेले कक्षा ११ र १२ को अध्ययन उच्च शिक्षा हासिल गर्नका लागि मार्गप्रशस्त गर्ने बाटो भएको हुदा सुरक्षित रुपमा बाटो निर्माण गर्नमा बिधार्थी, शिक्षक र अभिभावक बिचको सहकार्य र समन्वयले मात्र सम्भव हुने कुरा उल्लेख गर्नु भयो। यस्तै बिधालयका प्रधानाध्यापक बिष्णुप्रसाद न्यौपानेले मेरो भविष्य म आफै निर्माण गर्ने हो र त्यसको लागि कडा परिश्रम र लगनशिलतालाई प्राथमिकता दिनु पर्छ भन्नेकुरालाई मनन गर्नु हरेक बिधार्थीहरुको कर्तव्य रहेको बताउनु भयो। प्रधानाध्यापक न्यौपानेले अनुशासनको पालना नगर्ने बिधार्थीहरुका लागि तिलत्तोमा सेकेण्डरी ईङ्गलिस स्कुलको ढोका बन्द हुने तर मेहनती र जेहेन्दार बिधार्थी बिधालयको महत्वमपुर्ण गहनाको रुपमा लिइने उल्लेख गर्नु भयो। कक्षा १२ का बिधार्थी राज अग्रहरीको अध्यक्षता, सृष्टि कडेंलको स्वागत तथा ईच्छा चापागाईको संचालनमा सम्पन्न कार्यक्रममा बिधालयका म्यानेजिङ्ग डाइरेकटर पिताम्बर खेरल, रिद्धिसिद्धि पार्टी प्यालेसका संचालक केशव कडेंल लगायतको समेत उपस्थिति रहेको थियो। कार्यक्र रिद्धिसिद्धि पार्टी प्यालेसमा भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button