मनोरञ्जनसमाज

मोडल अफ नेपालजञ्ज सिजन–२ को ताज प्राप्तीलाई बुटवल ।

मोडल अफ नेपालजञ्ज सिजन–२ को ताज प्राप्तीलाई बुटवल । मोडल अफ नेपालगञ्ज सिजन–२ को ताज प्राप्ति सुवेदीले पहिरेकी छन् । मेजेस्टिक ग्रुप अफ इन्टरटेन्मेन्ट बुटवलले बाँकेको नेपालगञ्जमा आयोजना गरेको सिजन–२ को ग्रान्ड फिनालीमा अन्य १८ जना प्रतिस्पर्धिलाई पछी पार्दै प्राप्तिले ग्राण्ड वीनरको ताज पहिरिन सफल भएकी हुन् । विजेता बनेकी प्राप्तिले कम्पनीसँग एक वर्षका लागि विभिन्न देशहरुमा हुने कार्यक्रमा सहभागी हुने अवसरका साथै एक वर्षका लागि मोडलिङ कन्ट्रयाक, एजुकेशन स्कर्लसिप तथा विभिन्न आकर्षक गफ्टह्याम्परहरु प्राप्त गर्न फल भएको आयोजकले जनाएको छ । नेपालगञ्जको होटल सिएसटीमा सम्पन्न फिनालीमा आदित्या चौधरी जुनियर मोडल आफ नेपालगञ्जको विजेता बनिन् भने मोडल अफ टिन निसान गौतम बने । यसैगरी प्रतियोगितामा मिस्टर मोडल अफ नेपालगञ्जको उपाधि आशिष चौधरी तथा मिस मोडलको उपाधी सिमा चौधरीले प्राप्त गर्न सफल भएको कार्यक्रमका होस्ट रवि रानाले जानकारी दिए । मोडल अफ एमबेस्टर बबिता खड्का, भ्यअर्स च्वाइस इसानी साहू, मिस मोडलको रनअफ जोनिशा चौधरी र सेकेण्ड रनरअप ऋतिका थापा बन्न सफल भइन् । कार्यक्रमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरापालिका मेयर पूर्णप्रसाद आचार्य, प्रतियोगिताको चिफ जर्ज मिस नेपाल २०१९ की प्रतियोगी प्रियारानी लामा लगायतले विजेताहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । आयोजक संस्थाका फाउण्डर मन्जेस गिरीले प्रतियोगितामा सहभागी सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्दै व्यक्तित्व बिकास तथा युवाहरुमा नेतृत्व क्षेमतामा अभिवृद्धि र उनीको प्रतिभा प्रस्पोटनका लागि प्रथियोगिताको आयोजना गरिएको बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button