पत्रपत्रिकाबाटप्रदेश ५प्रदेश खबरसमाज
Trending

सेवाग्राहीको कृषि सहकारीको छैठौ साधरण सभा सम्पन्न

१८ कार्तिक, शुद्धोदन

शुद्धोदन ४ को फर्साटिकरमा रहेको सेवाग्राही कृषि सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधरण सभा सम्पन्न भएको छ। साधरण सभाको उदघाटन गर्दै शुद्धोदन गाउपालिकका प्रमुख प्रशासकयि अधिकृत झविलाल भट्टराईले हरेक सहकारीहरु सहकारीका शेयर सदस्य मैत्री र सदस्यहरुको जिवनस्तर माथी उठाउने कार्यक्रमहरु संचालन गर्नु पर्नेमा जोड दिनु भएको छ। सहकारीले शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्न सक्ने आयमुलक तथा उत्पादनमुलक कार्यक्रम संचालन गर्न सकेमात्र नियमित बचत गर्ने माध्यम खुल्ने र थोरै थोरै गरेको नियमित बचतले सदस्यहरुको जिवनस्तर पनि सुधार हुने प्रमुख प्रशासकयि अधिकृत भट्टराइले बताउनु भयो। प्रमुख प्रशासकयि अधिकृत भट्टराइले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीमा पारदर्शि, सरल र सबैको सहज पहुंच कायम गर्न आवस्यक रहेकोमा पनि जोड दिनु भयो। यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार तथा वडा नं. ५ का वडा सदस्य भिम बहादुर छहारी मगरले सहकारीको माध्यमबाट संस्थामा अवद्ध सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने ब्यबसायिक, आयमुलक तथा उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्न सकेमात्र सहकारीको औचित्य सावित हुने बताउनु भयो। यसैगरी संस्थाका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार शोभा आले मगरले कृषिमा लागनी गर्ने सदस्यहरुलाई प्रोत्साहित गर्ने बचत तथा ऋण लगानी कार्यक्रमहरु संचालन गर्न सके सदस्यहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रेरित हुने बताउदै गाउपालिकाले कृषिमा लगानी गर्ने कृषि सहकारीका सदस्यहरुलाई अनुदानको समेत ब्यबस्था गर्नु पर्नेमा जोड दिनु भयो। संस्थाका अध्यक्ष हेम बहादुर रानाले प्रस्तुत गर्नु भएको संस्थाका बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष मान बहादुर थापाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनमाथी सामुहिक छलफल सहित पारित भएको साधारणसभामा जिबिका सहकारीका अध्यक्ष दामोदर पंगेनी, संस्थाका सल्लाहकार हेमन थापा मगर, बालकृष्ण पराजुली वडा सदस्य तथा संस्थाका शेयर सदस्य टोल प्रसाद राना लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। संस्थाका अध्यक्ष हेम बहादुर थापाको अध्यक्षता तथा उपाध्यक्ष टीका घर्ति पुनको स्वागतमा समपन्न साधरणसभामा सचिव मोती बहादुर थापाले कार्यक्रम संचालन गर्नु भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button