अन्यपत्रपत्रिकाबाटप्रदेश ५प्रदेश खबरसमाचारसमाजस्वास्थस्वास्थ्य / शिक्षा

कञ्चनका प्रहरीद्वारा करिब ३ सय लिटर अवैध मदिरा नस्ट


१७ कार्तिक, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा स्थानीय प्रहरी प्रशासन र जनप्रतिनीधिहरुको पहलमा स्थानीयहरुद्वारा उत्पादन गरिएका करिब ३ सय लिटर अबैध मदिरा नस्ट गरिएको छ। ईलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार कञ्चनका ५ वटै वडाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा उत्पादन गरि बिक्री वितरण गर्दै गरिरहेको अवस्थामा मदिरा बरामद गरी ूथानीय जनप्रतिनी, स्थानीय संघसंस्था तथा टोल बिकास संस्थाका प्रतिनीधिहरुको रोहवरमा नस्ट गरिएको हो।
मदिरा नस्ट गरिए पश्चात स्थानीयहरुद्वारा सुरक्षित रुपमा उतपादन गरिएका मदिराहरु कुनै अबैध नभएको र प्रायहको जनजिवीकोपार्जन मदिररा उत्पादन तथा बिक्री वितरणबाटै भइरहेकोले जवरजस्ती रुपमा आएर मदिरा नस्ट गरेको भन्दै गुनासो गरेका छन।
बिभिन्न उधोगहरुमा बिभिन्न रासायनिक पदार्थ प्रयोग गरेर बनाइएको मदिराले स्वास्थ्यमा समेत प्रतिकुल पार्ने तर घरमै बिभिन्न कण्डमुल र जडीबुटी प्रयोग गरि बनाइएको मदिरा स्वास्थ्इका लागि पनि निकै लाभदायक हुने भएकोले घरेलु मदिरालाई अबैध मदिराको रुपमा राज्यले व्याख्या गर्न नहुने एक स्थानीय महिलाले बताइन। आफुलाई सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने र आफुलाई उच्च पदस्थ भन्ने धेरैजसोले गाउमा घरमै कोदो, चामल, गहुं, जौ, मकै तथा बिभिन्न फलफुलबाट उत्पादन गरिएका मदिरा स्वास्थ्य बद्र्धक हुनुका साथै त्यही मदिराबाट धेरैको जिवन निर्वाह भइरहेकोले राज्यले बिकल्प बिना स्थानीयहरुलाई हतोत्साही गरेर मदिरा नस्ट गर्नु गलत भएको समेत स्थानीयले गुनासो गरेका छन

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button