धर्म-संस्कारपत्रपत्रिकाबाटप्रदेश ५मनोरञ्जनसमाचारसमाज
Trending

शुद्धोदनको मानपकडीमा ऐतिहासिक दर्वाह मेलाको तयारी तिब्र गतिमा

१७ कर्तिक,शुद्धोदन

रुपनदहीको शुद्धोदनमा परापुर्वकाल देखि ऐतिहासिक रुमा संचालन हुदै आएको पौराणिक दर्वाह मेला २०७९ संचालन हुने भएको छ। यहि कार्तिक २१ गते देखि २५ गते सम्म लाग्ने मेलामा नेपालमा पहलिो पटक सबैभन्दा ठूलो चर्के पिङ्गको समेत व्यबस्था गरिने आयोजकले जनाएको छ। कोटहिमाइ मन्दिर व्यबस्थापन समितिका अध्यक्ष तथा मेला संरक्षक विपिन कुर्मीका अनुसार उक्त मेला अवलोककन गर्न रुपन्देहीको बिभिन्न स्थान र भारतको सिद्धार्थनगर, नौतनवा, गोरखपुर, ठोठरी लगायतबाट भक्तजनहरु आउने गर्दछन। दर्वाहमा रहेको कोटहीमाई मन्दिरमा पारिवारिक सुखशान्ती र समृद्धिको भाकल पुजा गर्ने मेलाको रुपमा संचालन हुदै आएको दर्वाह मेला कुन समयदेखि लाग्ने गरेको भन्ने कुनै यकिन हुन भने सकेको छैन।यधपी हरेक बर्ष स्व स्फुर्त रुपमा लाग्दै आएको मेलालाई व्यबस्थित गर्न दर्वाह मेला व्यबस्थापन समिति गठन गरिएको मेला व्यबस्थापन समितिका अध्यक्ष प्रकाश चौधरीले बताउनु भयो। शुद्धोदन गाउपालिका वडा नं. ५ को सित्त्लपाटी स्थित ऐतिहासिक तथा पौराणिक धार्मिक स्थल दर्वाहमा संचालन हुने मेलामा बालउधान, सांगेतिक कार्यक्रम र बिभिन्न व्यवसायिक स्टलहरुको समेत व्यबस्था गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button