अन्यपत्रपत्रिकाबाटप्रदेश ५
Trending

गणपति बहुउद्देश्यीय सहकारीको २२ औ साधारणसभा सम्पन्न

शुध्दाेधन गाउँपालिका रुपन्देही शुद्धोधन गाउँपालिका सौ फर्साटिकर रुपन्देही स्थित गणपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा कार्यक्रम रिद्धिशिद्धी पार्टीप्यालेसकाे सभाहलमा बिहीबार एक समारोहबीच सम्पन्न भएको छ।संस्थाका अध्यक्ष सिवराम न्यौपानेको अध्यक्षतामा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यातामा भएको हो। सो साधारणसभा कार्यक्रमको पानशमा दिप प्रजोलन गरि उद्घाटन गर्दै कार्यक्रममा यश गणपति सहकारीले नाफा मुलुक मात्र कार्य नगरि कृषिमा लगानी गर्नुपर्नेमा ज‍ोड दिदै यश संस्थाले यहाँका सेयर सदस्य हरुकाे आवश्यकताको आपूर्ति कार्य गरेकोमा धन्यवाद दिदै र अगामी दिनहरूमा गाउँपालिकाले पुर्ण सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो।खाद्यकाे व्यवस्थापन गर्न पालिकाले धेरै पहल गरेको छ।र छिटोभन्दा छिटो खाद्य मलको व्यवस्था हुने पालिका अध्यक्ष बस्यालले बताउनुभयो।उक्त साधारणसभामा संस्थाका अध्यक्षको वार्षिक प्रतिवेदनमा २०७८/७९ काे असार मसान्तसम्मकाेआ,ब,विवरणमा शेयर पुँजी २ करोड २० लाख ६२ हजार ९ सय रहेको छ।निक्षेपमा ६ करोड ९३ लाख १२ हजार ६२ रुपैया,ऋण लगानी ८ करोड ८८ लाख ४३ हजार ४ सय ६२ रुपैया रहेको छ।भने आम्दानी १ करोड ५३ लाख ६४ हजार ३ सय ४१ रुपैया ८० पैसा छ।भने खर्च तर्फ १ करोड १८ लाख ८हजार १सय २३ रुपैया ५२ पैसा र खुद नाफा ३५ लाख ५६ हजार २ सय १८ रुपैया २८ पैसा भएको छ।भने कोषको अवस्था १४ करोड ६९ लाख ५ रुपैया ७९ पैसा रहेको संस्थाको अध्यक्ष सिवराम न्यौपानेले आफ्नो प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो।संस्थाको लेखा समितिका लेखा संयोजक लिला गिरीकाे लेखा प्रतिवेदन प्रस्तुत कोषाध्यक्ष गोविन्द घिमिरेको कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत साधारणसभाले सर्वसम्मत पारित गरेको छ।उक्त कार्यक्रममा विभिन्न बैंक तथा लघु वित्तीयकाे तर्फबाट कृषि विकास बैंकका प्रबन्धक यम प्रसाद आचार्य,विभिन्न सहकारीको तर्फबाट जिल्ला सहकारी संघका कोषाध्यक्ष दामोदर पंगेनी,संस्थाका सल्लाहकार दलबहादुर थापा,शुद्धोधन गाउँपालिका ४का वडा अध्यक्ष पालिका प्रबक्ता केशवराज अधिकारी,लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो।उक्त कार्यक्रममा संस्थाकी कार्यसमितिका सदस्य णम कुमारीको स्वागतमा र संस्थाका सेयर सदस्य टंक पौडेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

नगेन्द्र केसी

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button