पत्रपत्रिकाबाटप्रदेश ५राजनीतिसमाचारसमाज
Trending

बिदेशमा रहेका नेपालीहरुलाई बिदेशबाटै भोट गर्न पाउनु पर्ने नेपाली एमता समाजको माग कार्तिक,१ बुटवल ।

अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुलाई सम्बन्धित देशबाटै मताधिकारको प्रयोग गर्न पाउनु पर्ने मागलाई निरन्तरता दिएको छ। बैदेशिक रोजगारमा बिदेश गएका नेपालीहरुले सम्बन्धित देशबाटै मताधिकार प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यन्वयन नगरेकोमा विरोध जनाउदै उक्त अधिकारको सुनिश्चित्ता गर्न सरकारसमक्ष माग गरेको हो । संगठनले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समय सम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएको पर्ति आपत्ती समेत जनाएको छ। एकता समाजले भारतीय सीमा क्षेत्रमा हुने लुटपाट तथा अपमान जनक ब्यवहारमा पर्ने नेपालीहरुका लागि काम गरिररहेको समेत जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एकता समाजका अध्यक्ष देव बहादुर लामिछानेले भारतमा रहेका नेपालीहरुको सुरक्षा अवस्था दयानीय रहेको र ‘नेपालीहरुले कमाएको धन सम्पातिको सुरक्षा हुन नसक्दा नेपालीहरु पीडित रहेको उललेख गर्दै त्यसका लागि सरकारले राज्य स्तरबाटै उचित कदम चाल्नु पर्ने आवश्यकता रहेको समेत बताउनु भयो। भारतमा काम गर्ने मजदुरहरुका लागि सहज बैँकिङ सुविधा नहुँदा हुन्डीको मारमा पर्ने गरेको बताउदै अध्यक्ष लामिछानेले एकता समाजले भारतमा काम गर्ने मजदुरहरु, विरामी भई उपचार गर्न जानेहरू र अध्ययनका लागि भारत गएका विद्यार्थीहरुलाई लक्षित गरी सहज बैँकिङ कारोवारका लागि राज्य स्तरबाट पहल कदमी गर्नु पर्नेमा पनि जोड दिनु भयो । एकता समाजले भारतद्धरा अतिक्रमण गरेको भूमि फिर्ताका लागि ठोस रुपमा कुटनीतिक पहल लिन सरकारसँग माग समेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै समाजका महासचिव महेन्द्र बस्यालले भारतले निरन्तर नेपाली भूमिको अतिक्रमण गरिरहेको भन्दै त्यसमा सरकारले कुटनीतिक तवरले समस्याको समाधान खोज्नु पर्नेमा त्यसो गर्न नसकेको समेत महासचिव बस्यालले आरोप लगाउनु भयो। नेपालमा हालसालै निर्माण सम्पन्न भएका गौतम बुद्ध विमान स्थल तथा पोखरा विमान स्थलमा भारतबाट सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग अनुरोध माग गर्दै भारतबाट सीधा उडान भएमा दुवै देशका जनतालाई परस्पर लाभ हुने र नेपालको पर्यटनमा सहयोग पुग्ने समाजले विश्वास लिएको समेत महासितव बस्यालले उललेख गर्नु भयो । राष्ट्रिय जनमोर्चा समेत समेल भएको पाँच दलीय गठबन्धनको सरकारले गरेका राष्ट्रघाती कामहरु एमसीसी संझौता, एस पी पी र नगरिकता विधेयकलगायतलाई खारेज गर्नु पर्नेमा समाजले आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button