Uncategorized
Trending

पन्देहीमा नेमकिपा चुनाव प्रचार प्रसारको जिम्मा जगी लाल थापालाई

३१ असोज

बुटवल नेपाल मजदुर किसान पार्टी रूपन्देहीको बैठक तिलत्तोमाको मणिग्राममा बस्यो। बैठकले नेपाल मजदुर किसान पार्टीको चुनावी कार्यक्रम प्रभाकारी बनाउन पार्टीका जिल्ला कोषाध्यक्ष तथा रुपन्देही क्षेत्र नं. ५(क) का प्रदेश सभा सदस्य पदका उमेद्वार जगी लाल थापाको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ। । कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष एवम रूपन्देही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हरिसुन्दर वासीले देशघाती एमसीसी र नागरिकता विधेयकविरूद्ध जनमत बढ्दै गएको बताउनु भयो। सुकुम्वासीको नाममा पाएको थातथलो बेचेर बालुवाटारको ललिता निवास किन्ने प्रवित्तिलाई जनताले अब प्रश्रय नदिने चर्चा गर्दै रूपन्देही क्षेत्र नं २ का उम्मेदवार वासीले ठेकेदारमुखी कानुनकै कारण विकास योजना अलपत्र परेको र बाटा बाटामा जनताले सास्ती खेप्नु परेको बताउनु भयो । नेमकिपा रूपन्देहीका कोषाध्यक्ष एवम् रूपन्देही ५ (क) का प्रदेश सभा सदस्य उम्मेदवार जगी लाल थापाले शासक दलहरू निर्वाचनमा आचार संहिता विपरीत र गैरराजनिक क्रियाकलाप गरिरहेको उल्लेख गर्दै नेमकिपाले राजनीतिक कक्षाको रूपमा प्रचार प्रसार गर्दै जाने बताउनु भयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button