अन्तर्राष्ट्रिय समाचारधर्म-संस्कारप्रदेश ५प्रदेश खबरसमाचारसमाज
Trending

रुपन्देही सेवा समाज, युएईद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

३१ असोज,रुपन्देही

रुपन्देही सेवा समाज, युएईले मानवसेवा आश्रम, बुटवललाई आर्थिक सहयोग गरेको छ। रुपन्देही सेवा समाज, युएईलेका अध्यक्ष टंक थापा मगरको समन्वयमा बुटवल स्थित सुख्खा नगरमा रहेको मनावसेवा आश्रमका लागि १ लाख ११ हजार रुपैया आर्थिक सहयोग गरेको हो। मानवसेवा आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै संस्थाका निवर्तमान अध्यक्ष धर्म भट्टराइले समाजले दुबईमा तिज बिशेष कार्यक्रमगरी प्राप्त भएको रकम मध्येबाट सहयोग गरिएको बताउनु भयो। बैदेशिक रोजगारको क्रममा दुबैमा कार्यरत रुपन्देहीका युवाहको साझा संस्था रुपन्देही सेवा समाज, युएईले नेपालमा सहराबिहिन मानवलाई आश्रम दिई सेवा गर्दै आएको मानवसेवा आश्रमलाई थोरै भएपनि आर्थिक सहयोग गर्न पाउदा निकै खुशी र गर्वान्वित हुन पाएको बताउनु भयो। संस्थाका संस्थापक अध्यक्ष बिष्णु सापकोटाको नेतृत्वमा आश्रममै पुगेर गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका डि एल शर्मा, सूर्य खनाल, प्रदीप पुन, बिश्वास पोख्रेल, कृष्ण भट्टराई, तोया लमसाल (नारायण)को सहभािगत रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button