खेलकुदपत्रपत्रिकाबाटप्रदेश ५प्रदेश खबरसमाचार
Trending

प्रथम भेट्रान नकआउट कपको उपाधि बर्दघाटलाई

३० असोज, शुद्धोधन

रुपन्देहीको शुद्धोधनमा आयोजना गरिएको प्रथम भेट्रयान्स कप ईन्डोर मेन्स डबल नकआउट ब्याडमिन्टन प्रतियोगिताको उपाधि बर्दघाट ब्याडमिन्टन क्लबले प्राप्त गरेको छ । फर्साटिकर स्पोट्सको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा सेमलार ब्याडमिन्टन क्लबका भरत थापा मगर र राम थापाको टिमलाई हराउँदै बर्दघाटका बेल छन्त्याल र करन विकको टिम बिजयी भएको हो । सेमलारलाई २१–११,२१–१५ र २१–६ को सेटमा हराउँदै बर्दघाट बिजयी हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको हो । यस्तै दोश्रो भएको समेलारले नगद ७ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक फर्साटिकर स्पोट्सका स्याम पल्ली र खुम बहादुर खनाल तथा सैनामैना इन्डोर स्पोर्टसका जितु बोहोरा र विक्रम खत्री तेश्रो बन्दै नगद ३ हजार पुरस्कार प्राप्त गरेका छन । बिजेता टिमलाई शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल , फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरी , सञ्चालक जगनारायण चौधरी, वडाध्यक्ष केशव प्रसाद अधिकारी, दामोदर पङ्गेनीले पुरस्कार वितरण गर्नु भएको थियो । गाउँपालिकाका अध्यक्ष बस्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिताको आयोेजना गरिएको हो । कार्यक्रममा बोल्दै उहाँले प्रतियोगिता निरन्तर सञ्चालन गर्नको लागि शुझाँब दिँदै प्रतियोगिता सञ्चालनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताउनु भयो । फर्साटिकर स्पोट्सका अध्यक्ष नन्दलाल चौधरीले शुद्धोधन गाउँपालिकामा ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको र खेलाडीको संख्यामा पनि बृद्धि हुँदै गएको जानकारी दिनु भयो । उहाँले विभिन्न अवसरमा फर्साटिकर स्पोट्सले प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनु भयो । प्रतियोगितामा रुपन्देही , कपिबलस्तु र नवलपरासीका गरी २० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मेख बहादुर खत्रीले जानकारी दिनु भयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button