खेलकुदप्रदेश ५प्रदेश खबरसमाचार

कराँते प्रतियोगितामा देवदह डोजो च्याम्पियन

२६ असोज, सियारी

रुपन्देहीको सियारीको छपियामा प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगितामा देवदह डो जो च्याम्पियन भएको छ। यस्तै प्रतियोगितामा धकधई डो जो द्वितिय भएको छ। नेपाल सितोरियो कराँते गोर्खाली डो जो सियारी ४, छपियाको आयोजनामा मंगलवारबाट शुरु भएको प्रतियोगितामा रुपन्देही भरीका बिभिन्न उमेर तथा तौल समूह गरी २ सय खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगितामा विजेता तथा उपविजेता टिमहरुलाई पुस्कार वितरण गर्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कराँते खेल आत्मरक्षा गर्ने सिपयुक्त खेल भएकोले खेलको सही ठाउमा सही ढंगले उपयोग गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष घिमिरेले प्रतियोगिता हारजितको खेल हुने भएपनि प्रतिायेगिताले एक प्रतियोगीबाट अर्को प्रतिायोगीले सफलताको कसी सिक्ने माध्यम भएको उल्लेख गर्नु भयो। यस्तै सियारी गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष श्रीराम यादवले हरेक प्रतिायोगिताहरुलाई हारजितको मात्र भन्दा पनि कुनै पनि कार्य गर्दा आवस्यक पर्ने एकता, संयमता, सहनशिलता र धैर्यताको सिपको बिकास गर्ने मञ्चको रुपमा प्रयोग गर्नु पर्नेमा सुझाव दिनु भयो। कार्यक्रममा वडा सदस्य जुठे थारु, पब्लिक माध्यमिक बिधालयका सहायक प्रधानाध्यापक इन्द्र प्रसाद तिवारी समाजसेवी मिना सुवेदी, हरि बहादुर थापा लगायतले विजेता तथा उपविजेता र सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। नेपाल सितोरियो कराँते गोर्खाली डो जो सियारी ४, छपिया प्रशिक्षक आशिष पोख्रेलको अध्यक्षता तथा प्रशिक्षक ध्रुवमणी ज्ञवालीको सञ्चालनमा समपन्न भएको खेलमा २० देखि ६५ केजी तौल समूहका महिला तथा पुरुष गरी २ सय भन्दा बढी कराँतेका खेलाडीहरुले सहभागिता जनाएका रेडियो शुद्धोदनका स्टेशसन म्यानेजर तथा कराँते प्रशिक्षक रवि रानाले जानकारी दिनु भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button