खेलकुदप्रदेश ५प्रदेश खबरसमाचार
Trending

छपियामा प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता आजबाट शुरु

२५ असोज, सियारी

रुपन्देहीको सियारीको छपियामा प्रथम जिल्ला स्तरिय कराँते प्रतियोगिता आज मंगलवारबाट शुरु भएको छ। नेपाल सितोरियो कराँते गोर्खाली डो जो सियारी ४, छपियाको आयोजनामा शुरु भएको प्रतियोगितामा रुपन्देही भरीका बिभिन्न उमेर तथा तौल समूह गरी २ सय खेलाडीले सहभागिता जनाएका छन। प्रतियोगिताको उद्घाटन गर्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देशको नाम उचो राख्नेगरी आफ्नो अभ्यास खेललाई बिकास गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष घिमिरेले आफुले हरेक खेलाडीहरुको सम्मान र गाउँपालिकाको खेलकुदको बिकासका लागि आवस्यक सहयोग गर्दै आइरहेको र आगामी दिनमा त्यसको निरन्तरता हुने अध्यक्ष घिमिरेले प्रतिबद्धता ब्यक्त गर्नु भयो। खेलकुदको माध्यमबाट युवाहरुलाई समाज रुपान्तरणको दिशामा अग्रसर गराई सामाजिक बिकृति बिरुद्ध संघर्ष गर्न उत्प्रेरित समेत गर्नु पर्नेमा अध्यक्ष घिमिरेले बिशेष जोड दिनु भयो। यस्तै उपाध्यक्ष तारा थारुले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्बोधन गर्दै जसरी खेलकुदमा धैर्यता, एकता, संयमतम र सहनशिलताको आवस्यक पर्छ त्यसरी नै समाज रुपमन्तरण हरेक पक्षको सकारात्मक सोंच सहितको सहयोग र समन्वय हुनुपर्ने उल्लेख गर्नु भयो। खेलकुदले खेलाडीको शारिरीक तन्दुरुस्ती, मानसिक तथा काजी जित्ने रणनीतिक कौशलताको बिकास हुने भएकोले खेलाडीहरु हरेक सामाजिक कार्यहरुमा सक्रिय र सम्वेदनशिल भएर लाग्ने उपाध्यक्ष थारुले बिश्वास ब्यक्त गर्नु भयो। लागु औषध दुरुपयोगमा फसेका युवाहरुलाई सृजनात्मक रुपमा समाज रुपान्तरणको दिशामा अग्रसर गराउन अति आवस्यक भएको कुरा उपाध्यक्ष थारुले उल्लेख गर्नु भयो। कराँते खेलाडीहरुले आफ्नो घरबाट पैसा लगेर नियमित अभ्यास गर्छन, अभ्यास गरेर क िकतै प्रतियोगितामा सहभागी हुनु पर्यो भने पनि घरबाटै पैसा दिएर पठाउनु पर्दा हाम्रो देशमा खेलाडीहरुको उचित सम्मान र उत्साहप्रद कार्यक्रम नभएको एक अभिभाव दिर्घ बहादुर सुनारले स्थानीय सञ्चाकर्मी समक्ष दुखेसो समेत गर्नु भएको थियो। कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद बिकास समतिका उपाअध्यक्ष जय बहादुर सुनार, सिटेरियो कराँते संघ, लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सी. लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिदै राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलिने हरेक खेलकुदका खेलाडी प्रशिक्षक देशका गहना र गरिमा भएको बताउनु भएको थियो। नेपाल सितोरियो कराँते गोर्खाली डो जो सियारी ४, छपिया प्रशिक्षक आशिष पोख्रेलको अध्यक्षता तथा सिनियर प्रशिक्षक मञ्जिल सुवेदीको सञ्चालनमा शुरु भएको उद्घाटन खेलमा २० देखि ३५ केजी तौल समूहको प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता भोली बुधवार २६ गते दुई दिन सम्म सञ्चालन हुने रेडियो शुद्धोदनका स्टेशसन म्यानेजर तथा कराँते प्रशिक्षक रवि रानाले जानकारी दिनु भएको I

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button