खेलकुदप्रदेश ५प्रवासरोचकसमाचारसमाजस्वास्थस्वास्थ्य / शिक्षा
Trending

शुद्धोदनमा कराँते खेलाडी सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१५ असोज,शुद्धोदन
जापान गोजुरियो कराँते -डो केन्वाकाई एशोसिएसन रुपन्देही शाखाले कराँते खेलाडी सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। दोश्रो केशब प्रधान स्मृति कराँते प्रतियोगिता २०७९ मा टिम च्याम्पियन भएका शुद्धोदनका खेलाडीहरुलाई सम्मान गरेको हो। भुतपुर्व कराँते प्रशिक्षक केशब प्रधानको स्मृतिमा आयोजित कराँते प्रतियोगितामा टिम च्याम्पियन भएका शुद्धोदन ४ का खेलाडीहरुलाई सम्मान गरिएको हो। खेलाडीहरुलाई सम्मान गर्दै शुद्धोदन ४ का वडा अध्यक्ष केशब अधिकारीले खेलकुदको मदाध्यमबाट शुद्धोदनलाई परचित गराउन खेलाडीहरुले अझ मेहनत गर्नु पर्ने बताउनु भयो।खेलकुदले शारिरिक तन्दुरुस्तीसंगै आपसी सहकार्य,समन्वय र धैर्यताको समेत बिकास गर्ने भएकोले जिबनमा खेलकुद निकै महत्वपुर्ण र आवस्यक रहने वडा अध्यक्ष अधिकारीले बताउनु भयो।
वडा दशै,शुब दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना दिदै वडा अध्यक्ष अधिकारीले सबल र सक्षम शुद्धोदन निर्माण गर्न शुद्धोदनवासीहरुमा एकता,सहकार्य र समन्वयको भावनाको बिकास सहित सुख शान्ती र समृद्धिको कामना ब्यक्त गर्नु भयो। सोही कार्यक्रममा रुपन्देही सेवा समाज यु ए ई द्वारा पुर्व कराँते खेलाडी तथा मृगौला पिडित राकेश बि क लाई आर्थिक सहयोग गरेको छ। सेवा समाजका संस्थापक अध्यक्ष बिष्णु सापकोटाले नगद २० हजार रुपैया प्रदान गर्नु भएको हो।
शुद्धोदन गाउपालिका वडा नं.४ निवासी बि क बिगत २ बर्ष देखि मृगौला फेल भई नियमित उपचारत हुनुहुन्छ। आर्थिक अभावका कारण नियमित उपचार गर्न नसकेर घरमै रहनु भएका बि.क.लाई युएईमा कार्यरत नेपालीहरुद्वारा आर्थिक सहयोग संकलन गरि बिष्णु सापकोटा मार्फत उक्त सहयोग उपलब्ध गराइएको हो। ब्लाक बेल्ट कमिटि रुपन्देहीका सचिब आशिक गौतमको अध्यक्षता तथा मनिष पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा ब्लाक बेल्ट कमिटिका केन्द्रिय उपाध्यक्ष तथा रेडियो शुद्धोदनका स्टेशन म्यानेजर रबि राना,ब्लाक बेल्ट कमिटिका सदस्य अनुपम ज्ञवाली , पार्वत थापा , आकाश मगर लगायतको उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button