Uncategorizedप्रदेश ५समाचार
Trending

द फेसन शो नेपाल सिजन २ को ताज पुजा नेपालीलाई

२१ साउन, बुटवल
द फेसन शो नेपाल सिजन २ को ताज पुजा नेपालीले पहिरिन सफल भएकी छिन। जयन टेक्निकल कलेज अफ टेक्नोलोजी बुटवलको आयोजनामा संचालन गरिएको फेसन शो नेपाल सिजन २ को टाइटल ताज पुजाले उक्त ताज पहिरिन सफल भएकी हुन।
यस्तै बुटवलको अम्रपाली कटेज एण्ड रेष्टुरेण्टमा संचालन गरिएको सो प्रतियोगितामा २३ जना डिजाइनरहरुले सहभागित जनाएका थिए। मेजिस्टिक ग्रुप अफ इन्टरटेन्मेन्टको सहयोगमा आयोजित द फेशन शो नेपाल सिजन २ को फस्ट रनरअप सुस्मिता सुनार तथा लुमना पचभैया सेकेण्ड रनरअप भएकी छिन।
साउन २२ गते सम्पन्न फेशन शो प्रतियोगितामा १७ जना प्रतिस्पर्धीहरुले ब्राईडल ((दुलही) थिममा फेशन शो गरेका थिए। १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै पुजाले व्राइडल थिमको टाइटल हात पारेकी हुन। यस्तै उत्कृष्ट क्रिएटिभ ड्रेस अफ द २०२२ को उपाधी सनु दर्लामीले हात पारेकी छिन । उक्त थिममा ६ जना प्रस्पिर्धीहरुले सहभागीता जनाएका थिए।
जेनेरेसन मल्टिमिडियाको ब्यबस्थापनमा आयोजना गरिएको द फेशन शो सिजन २ को उत्कृष्ट मल्टिमिडियाको उपाधी सुशिला गुरुङ्गले हात पारेका थिए। यस्तै नेहा चौधरी उत्कृष्ट मोडल अफ द २०२२ बाट पुरस्कृत भएको आयाोजकले जानकारी दिएका छन । फेशन डिजाइनरहरुको व्यबसायिक क्षमता प्रबद्र्धन गर्ने उद्धेश्यका साथ इन्टरस्केप कलेज अफ आर्ट डिजाइनको प्रस्तुतिमा आयोजना गरिएको द फेशन शो नेपाल सिजन २ को उद्धघाटन लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा थरुनीले गर्नु भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button