Uncategorized

कञ्चनका ४ सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान तथा बिदाई

१ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा बिगत २०४९ साल देखि निरन्तर स्वास्थ्य सेवामा स्वयम सेबिका गर्दै आउनु भएका ६० बर्ष उमेर पुगेका ४ जना सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान तथा बिदाई गरिएको छ। बिदाई हुनेहरुमा गिता देबि उपाध्यय, गिता देवी राना, शान्ती देबी पौडेल र नन्दादेवी सुनार रहका छन।
निस्वार्थ र निशुल्क रुपमा ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान तथा बिदाई गर्दै गाउपालिकाका अध्यक्ष नवराज ढकालले गाउ गाउमा गएर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै बिभिन्न रोगहरुबाट सुरक्षित हुन सचेतना जगाउदै हिड्ने स्वयमसेविका दिदी बहिनीहरुको योगदान अतुलनिय रहेको बताउनु भएको छ। सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिका बन्दा देखि नै आफुहरुले केही नलिई जनताको स्वास्थ्य सुरक्षामा देखि खट्ने बाचा गरी कार्यक्षेत्रमा लाग्नु भएका स्वयम सेबिका दिदि बहिनीहरुलाई राज्यले उचित सम्मान गर्न नसके पनि स्थानीय सरकारले थोरै भएपनि अवकास हुदाको दिन ५० हजार रुपैया सहित बिदाई गर्न पाउनु आम कञ्चनवासीहरुमा  गर्वानुभुत भएको अध्यक्ष ढकालले बताउनु भयो ।
यस्तै गाउपालिका उपाध्यक्ष मौसमी थापा मगरले सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाको नियमित स्वास्थ्य सुरक्षा निगरानीबाट हुर्किएको हुदा सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिका प्रति सम्मान र आदर्श भएको बताउनु भयो । एकजना महिलाले एक सफल चिकित्सक, डिजाइनर र असल शिक्षकको भुमिका निर्वाह गर्नु कम चुनौतीको बिषय नभएको बताउदै उपाध्यक्ष थापा मगरले कञ्चनको स्वास्थ्यलाई गुणस्तर कायम गर्नमा र पुर्ण खोपयुक्त बनाउनमा सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुको भुमिका निकै महत्वपुर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिका संघ, लुम्बिनी प्रदेश सदस्य सुमित्रा बुढाथोकीले निस्वार्थ रुपमा का गर्ने सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई उनिहरुको कार्यक्षेत्रलाई सुरक्षित गर्न, राज्यले निर्धारण गरेको सेवा सुबिधा समेत स्थानीय तहले कटौती गरी अनयाय गरेको दुखेसो ब्यक्त गर्नु भयो । कञ्चनमा ५९ जना सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरु कार्यरत छन।
कञ्चन गाउपालिकामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले गर्नु भएको थियो भने कञ्चनका सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुहरुले समेत अवकार प्राप्त सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान तथा बिदाई गरेका थिए।




………………………..
नेपाल मगर संघ, कञ्चनद्वारा गाउपालिका अध्यक्ष र उपाध्यक्षलाई सम्मान,मगर भाषाको पठन पाठनमा जोड दिन आग्रह
१ असार, कञ्चन
नेपाल मगर संघ, कञ्चनले कञ्चन गाउपालिकाका नव निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई सम्मान गर्दै मगर जातीको बाहुल्यता रहेको बिधालयमा मगर भाषाको पठन पाठनलाई जोड दिन आग्रह गरेको छ। नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचा मगरले गाउपालिकाका नव निर्वाचित अध्यक्ष नवराज ढकाललाई मगर संस्कृतिको फेटा र खादा ओढाई सम्मान गर्दै मगर जातीको उत्थान र प्रबद्र्धनका लागि ३ बुंदे माग पत्र हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल मगर संघ, कञ्चनका उपाध्यक्ष थम बहादुर सिंजालीलेले माग पत्र बाचन गर्दै नेपाल अधिराज्यमै तेश्रो जातीमा रहेको र कञ्चनमा मगर जातीको बाहुल्यता रहेकोले यसै आर्थिक बर्ष देखि मगर समुदायका बिधार्थीहरुको बाहुल्यता रहेको कम्तिमा २ वटा सामुदायिक बिधालयहरुमा मगर भाषामा तयार गरिएको पाठ्यक्रम लागु गरी पठन पाठन गर्न गराउन माग गर्नु भएको छ। यस्तै मागपत्रमा कञ्चन १ मा निर्माणाधिन मगर संग्राहलयको निर्माण समपन्न गर्न क्रमागत रुपमा बजेट बजेट व्यबस्थापन गर्न र मगर भाषा र संस्कृतिको लोप हुन लागेकाले अनौपचारिक शिक्षाको रुपमा मगर समुदायमा हरेक बर्ष कम्तिमा ६ महिना मगर भाषाको पढाई संचालन गर्न समेत उल्लेख गरिएको छ।
नेपाल मगर संघ, कञ्चनले गरेको सम्मान तथा मागपत्र ग्रहण गर्दै नव निर्वाचित गाउपालिका अध्यक्ष नवराज ढकालले कञ्चनको सिमित श्रोत साधनबाट असिमित मागहरुलाई प्राथमिकताको आधारमा सम्बोधन गर्दै जाने बताउनु भएको छ। हाम्रा आवस्यकताहरु असिमित छन असिमित आवस्यकताहरुलाई गाउपालिकाको सिमित श्रोत साधनले सम्बोधन गर्न गाह्रो हुने भएपनि गरि नहुने कामलाई प्राथमिकता दिनु पर्दा नेपाल मगर संघद्वारा प्रस्तुत भएको माग पुरा हुन ढिलाई हुन सक्ने छ अध्यक्ष ढकालले भन्नु भयो । यतिबेला हामी भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अब्यबस्थित बसोवासीहरुलाई छिटो भन्दा छिटो लालपुर्जा कसरी दिन सकिन्छ भन्ने कुरामा आयोग, बिभाग, नापी कार्यालयसंग नियमित समन्वय र सहजिकरण गरी बांकी कार्यहरुलाई अगाडी बढाईरहेका छौं अध्यक्ष ढकालले भन्नु भयो ।
कञ्चन गाउपालिकाले आधुनिक प्रबिधिको प्रयोग गरी ड्रोन मार्फत कञ्चनको जग्गा नापी कार्य संचालन गरिरहेको र टोटल स्टेशनको कामलाई समेत अगाडी बढाइरहेको छ। यसैगरी अध्यक्ष ढकालले संकलित लगतहरुलाई आयोगको सफ्टवेयरमा इन्ट्रिी गर्ने कार्यलाई अगाडी बढाइरहेको समेत नेपाल मगर संघ, कञ्चनका प्रतिनीधिहरुलाई जानकारी गराउनु भएको थियो ।
नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचा मगर, उपाध्यक्ष थम बहादुर सिंजाली मगर, कार्यसमिति सदस्यहरु प्रकाश थापा मगर, जाल बहादुर अग्रेजा मगर, प्रेस सल्लहाकार जगिलाल थापा लगायतको टोलीले माग पत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी, कार्यापालिका सदस्य तथा कञ्चन गाउ कार्यापािलकाका प्रवक्ता चित्र तुलाचन, सुशिला थापाको उपस्थिति रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button