पत्रपत्रिकाबाटप्रदेश ५समाचारसमाज

नेपाल मजदुर किसान पार्टीद्वारा रासायनिक मल अभाव लगायत बिषयमा ज्ञापनपत्र


३० जेठ,भैरहवा
नेपाल मजदुर किसान पार्टी रुपन्देहीले सोमबार रासायनिक मल अभाव लगायत जनताका दैनिक समस्याबारे ध्यानकर्षण गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेमकिपा रुपन्देहीको ज्ञापनपत्र ग्रहण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर कुँवरले तुरन्तै ज्ञापनपत्र सम्बन्धित ठाउँमा पु¥याउने वचन दिनुभयो ।
ज्ञापनपत्र हस्तान्तरण गर्दै नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले नेपालमा माग भएभन्दा बढी विद्युत उत्पादन भयो भन्ने विद्युत प्राधिकरणले झ्याप झ्याप बत्ती निभाउने र घण्टौं विजुली आपुर्ति  बन्द गर्दा उपभोक्ताहरुले सास्ती भोग्नु परेको समस्या बताउनु भयो ।
नेमकिपा रुपन्देहीका कोषाध्यक्ष जगिलाल थापाले सरकारले मल उपलब्ध नगराउँदा गाउँ गाउँमा किसानहरुले चारी पैठारी आएको नक्कली मल प्रयोग गरिरहेको र त्यसबाट मूल्यमा ठगी अनि खेतीलाई नोक्सानी पारिरहेको छ भन्नुभयो ।
नेमकिपाको ७ बुँदे ज्ञापनपत्रमा देशकै मुख्य बाली धान खेती भइरहेको बेला खेतमा हाल्न मल नभएको हुँदा तत्काल पर्याप्त मल उपलब्ध गराउन माग गरिएको छ । भारतबाट चोरी पैठारी गरिएको गुणस्तरहिन मलले माटो बिगार्ने र उत्पादनमा ह्रास ल्याउने हुँदा नक्कली मल आयात रोक लगाउनु पर्नेमा जोड दिंदै ज्ञापन पत्रमा हरेक वर्ष, हरेक खेती बालीको बेला छट्पटाइरहेका किसानहरुको मिहिनेत अनुसार उत्पादन बढाउन र मलको दिर्घकालीन समस्या समाधान गर्न स्वदेशमै गुणस्तरीय रासायनिक मल कारखाना स्थापना गराउनु पर्ने उल्लेख गरिएको छ ।
खाद्यान्न, फलफुल, तरकारी, घिउ, दुध, माछा र मासु उत्पादन बढाइ उपभोक्ता मूल्य सुलभ बनाउन अनि युवा जनशक्तिलाई स्वदेशमै परिचालन गर्न जमिन जोत्नेलाई वितरण गरी कृषिको लागि आवश्यक उन्नत जातको वीऊविजन, सिंचाई, आधुनिक कृषि यन्त्र जस्ता पूर्वाधार बन्दोबस्त गराउनु पर्ने प्रष्ट पार्दै ज्ञापन पत्रमा खाना पकाउने ग्याँस लगायत पेट्रोलियम पदार्थको मूल्य दिन दुइ गुना र रात चार गुना बढ्दै गएको हुँदा वैकल्पिक उर्जाको रुपमा रहेको विद्युत खपट बढाउन विद्युत शुल्क घटाउनु पर्ने साथसाथै विद्युतीय सवारी साधन तथा उपकरणहरु सहज रुपमा उपलब्ध गराउन सरकारले जोड दिन अनि जनतालाई सास्ती दिइरहेको अघोषित लोडसेडिङ अन्त्य गर्नुपर्ने जाड दिइएको छ ।
एमसीसीका मतियारहरुले बारम्बार एमसीसी साम्राज्यवादी संरा अमेरिकी सैन्य रणनीति अन्तर्गत होइन भनी हल्ला गरे पनि साम्राज्यवादी संरा अमेरिकी सैनिक अधिकारीहरुको नेपालमा बाक्लो आवतजावतले असम्लग्न परराष्ट्र नीति विपरीत नेपाल संरा अमेरिकी सैन्य जालमा फसिसकेको पुष्टि हुँदै गएको चर्चा गर्दै ज्ञापनपत्राम तत्काल एमसीसी खारेज गरी नेपालको सार्वभौमसत्तामा आँच पु¥याउने सबै गैर राजनीतिक तथा गैरकुटनीकि कदम रोकाउन माग गरिएको छ ।
ज्ञापनपत्रमा अगाडि लेखिएको छ – नेपालजस्तो विकासशील देशले आर्थिक प्रगति गर्न कृषिमा आधारित उद्योगहरु स्थापना गर्नु पर्दछ । यन्त्र उत्पादन, यातायात, विद्युत, शिक्षा–स्वास्थ्य क्षेत्रहरुमा विकास गर्दै जानु पर्दछ । तर आजसम्मका शासक दलहरुले देशको गाडीलाई उल्टो बाटोमा डो¥याउँदै छन् । मित्र राष्ट्रहरुले दिएका सबै उद्योगधन्दा र सेवालाई कौडीको मूल्यमा निजीकरणको नाममा व्यक्ति र विदेशीलाई पोस्ने काम गरियो अर्को शब्दमा देशलाई डुबाइयो । कृषि क्षेत्रमा विकास गर्नुभन्दा खेती गर्ने, पशुपालन गर्ने, फलफूल लगाउने ७० लाख युवाहरुलाई विदेशमा धपाइयो । नेपाली कर्मठ युवा जनशक्तिलाई विदेशीको लागि सस्तो श्रमिकको रुपमा पठाएर देशको अर्थतन्त्र ध्वस्त पारियो । खाद्यान्न, फलफुल, तरकारी, घिउ र दुधसहित आधारभुत वस्तु आयात गरी वर्षको खर्बौं रुपैयाँ व्यापार घाटा लगाइयो ।
जमिन जोत्नेलाई वितरण गरी कृषिको लागि आवश्यक उन्नत जातको वीऊविजन, सिंचाई, आधुनिक कृषि यन्त्र र रासायनिक मल सरकारले सहज र सुलभ रुपमा उपलब्ध गराइ दिनुपर्ने हो । तर वर्षौंदेखि किसानलाई आवश्यक पर्ने बेलामा रासायनिक मलसम्म पनि सरकारले उपलब्ध गराउन सकेको छैन । नेपाल मजदुर किसान पार्टीले सदन र सडकमा बारम्बार नेपालमै रासायनिक मल कारखाना खोल्न जोड दिए पनि शासक दलहरुले त्यसतर्फ कुनै प्रयास गरेको छैन । यसपाली पनि रासायनिक मल उपलब्ध नभएकै कारण देशको वर्तमान कृषि उत्पादन आधाभन्दा कम हुने अनुमान किसानहरु गर्दैछन् । यसरी एक एक पाइला गरी देश कङ्गाल हुने दिशामा छ ।
साम्राज्यवादी संरा अमेरिकालगायत नाटो देशहरुको युद्ध उन्मादीको कारण विश्वमै खाद्य संकट हु्ँदैछ । केही साताअघि भारतले गहुँ निर्यात नगर्ने आदेश दिएपछि नेपालका मैदा कारखानाहरु साउन महिनादेखि बन्द हुने समाचारहरु बाहिर आएका छन् । गहुँको अभावकै कारण कारखाना सञ्चालन नहुने स्थितिमा सामान्य उपभोक्ताहरुले खाद्य सामग्री खरिद गर्न नसक्ने गरी मह“गी बढ्ने छ । मजदुर–किसान, कामदार जनता भोकभोकै मर्नु पर्ने विपत्ति आउने छ । देशको यही संकटपूर्ण अवस्थामा देशलाई भड्खालोमा जानबाट रोकी देश र जनताको हितको लागि यो ज्ञापन पत्र सम्माननीय प्रधानमन्त्री समक्ष पुर्याइदिन ्रमुख जिल्ला अधिकारी मार्फत निमित्त प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर कुँवरलाई आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button