प्रदेश ५समाचारसमाजस्वास्थस्वास्थ्य / शिक्षा
Trending

मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाचौं साधरण सभा सम्पन्न


२८ जेठ, बुटवल
मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको पाचौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्था बुटवल उपमहानगरपालिका वाड न.१९ भुडकैयाको पाचौं वार्षिक साधारण सभा भिकटोरिया रिसोर्ट भुडकैमा सम्पन्न भएको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोख्रेलले संस्थाको साधरण सभामा बोल्दै मोतीपुरवासीलाई स्वस्थ पानी वितरण गर्नमा मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निकै महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । स्वस्थ पानी पिउने बानीले मानिसको जिवन दिर्घ हुनमा निकै सहयोग गर्ने बताउदै प्रमुख गुणनीधि पोख्रेलले सहज र सुरक्षित पानी उपलब्ध गराउने कार्यलाई संस्थाले निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष भिमप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहा नगरपालिका वाड ं. १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मी, वाड नं. १८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी, वाड नं. १९ का वडा अध्यक्ष चन्द्र सिंह थापा लगायतको आतिथ्यता रहेको थियो।
आर्थिक लेखा समिति संयोजक मणिरत्न भन्डारीले वार्षिक आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा नेकपा एमाले वाड नं. १९ का अध्यक्ष लिलाधर पौडेल, फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष ओम बहादुर फौदारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष मीन प्रसाद श्रेष्ठको स्वागत तथा राजु गौडलको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button