समाचारसमाज
Trending

उद्घोषण तालीम सम्पन्न

२७ जेठ , बुटवल । बुटवल उपमहानगरपालिका वाड न. १९ मा ३ दिने उद्घोषण तालीम सम्पन्न भएको छ । जेनेरेशन मल्टिमिडिया एन्नड इन्टरटेन्टमेन्ट को आयोजना मा र बुटवल १९ को आर्थिक सहयोगमा रानिबारी दुर्गा मन्दिरको भवनमा ३ दिन सम्म चलेको तालिम सम्पन्न भएको हो । जेनेरेशन मल्टिमि डिया एन्नड इन्टरटेन्टमेन्टका संचालक रवि रानाको अध्यक्षयता , वडा न. १९ का वडा अध्यक्ष चन्द्र सिंह थापाको प्रमुख आतिथ्यता ,वडा सचीव रामकृष्ण सुबेदीको विशिस्ट आतिथ्यता , वडा सदस्य शेरबहादुर थापा , वडा दलित महिला सदस्य सुन्तना परियार , दुर्गा मन्दिर रानिबारी ब्यवस्थापन समितीको सचिव देविलाल अर्यालको आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो ।
३ दिन सम्म संचालन रहको उद्घोषण तालीममा ३० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक रवि रानाले जानकारी दिनुभयो ।
३ दिन सम्म संचालन रहेको उद्घोषण तालिममा प्रशिक्षक सुरज थापा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चन्द्रसिङ्ग थापाले यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन गर्दै आइरहने र सबै लाई समेटेर जाने बताउनु भएको छ । तालीम सिकेका कुराहरु ब्यवहार मा उतार्नु पर्ने कुरामा जोड दिनुभएको छ ।
कार्यक्रममा वडा सदस्य शेरबहादुर थापा , वडा सचीव रामकृष्ण सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तिर्थकुमारी राना को स्वागत तथा धनबहादुर खाणको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button