प्रदेश ५राष्ट्रियसमाचार

गणतन्त्र दिवस समारोहमा सहभागी भएनन प्रदेश सरकारका मन्त्री

बुटवल जेठ १५। लुम्विनी प्रदेश सरकारले बिशेष तामझामका साथ १५ औ गणतन्त्र दिवस मनाई रहदा लुम्विनी प्रदेशको जम्वो मन्त्री परिषदका बहुसंख्यक मन्त्री तथा सांसदहरु भने सहभागी भएनन्।

बुटवलको दिपनगर स्थीत सिद्धेश्वरीे खेलमैदानमा आयोजना गरिएको गणतन्त्र दिवस समारोहमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेका कारण सहभागी हुन पाएनन भने प्रदेश सरकारका १७ मन्त्री मध्ये ३ जना मन्त्री मात्रै सहभागी भए।

समारोहमा लुम्विनी प्रदेशका सभामुख उपसभामुख सहभागी थिए भने प्रदेश सभा सदस्यहरु भोज प्रसाद श्रेष्ठ र तुलाराम घर्ती मात्रै सहभागी थिए।

मौसमको प्रतिकुलतका बावजुत सर्बसाधारणको उत्साहजनक सहभागीता रहदा प्रदेशका मन्त्रीहरु भने गणतन्त्र दिवस मनाउन आएनन्। मन्चमा मन्त्रीहरुका लागि राखिएका कुसीहरु रित्तै रहदा कार्यक्रम खल्लो देखिएको कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधीहरुले बताए।

मुल समारोह ब्यवस्थापन गरेको आन्तरिक मामिला तथा सन्चार मन्त्रालयले सबै मन्त्रीहरुलाई निमन्त्रणा गरेको र समारोह मनाउने सन्दर्भमा मुख्यमन्त्री कार्यालयमै छलफल भएको भएपनि मन्त्रीहरुले गणतन्त्र दिवस मनाउन चासो दिएनन्।

कार्यक्रममा आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा, कानून महिला बालबालिका तथा जेष्ठनागरीक मन्त्री रमा घर्ती, शिक्षा बिज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खां तथा रुपन्देहीका अधिकांश नगरपालिकका प्रमुख तथा उप प्रमुखहरु भने सहभागी भएका थिए।

कार्यक्रममा अनुपस्थीत हुनुको कारण बारे जिज्ञासा राख्दा अधिकांश मन्त्रीहरु बिहान पानि परेको र स्वास्थ्यमा केही असहजता भएकोले सहभागी नभएको बताए।
स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले बिरामी भएकोले सहभागी नभएको बताए भने मन्त्री शुषमा यादवले पानि परेको र सन्चो नभएकाले कार्यक्रममा नआएको बताईन त्यसैगरी मन्त्री पुर्मती ढेगाले थकाई लागेकोले नआएको बताईन।

उद्योगमन्त्री अजय बहादुर शाहिले आफुले मुख्यमन्त्रीलाई जानकारी गराएर अनुपस्थीत भएको बताए भने आर्थिक मामिला मन्त्री कृष्णध्वज खडकाले काठमाण्डौ भएको र मन्त्री शुरेन्द्र हमालले बाकेमा रहेको तथा स्वास्थ्यमा समस्या भएकोले सहभागी नभएको बताए।

त्यसैगरी मन्त्रीहरु बिमला वली, डिल्ली चौधरी,रिना नेपाल बिक, शुमन शर्मा रायमाझी, अर्जुन कुमार श्रेष्ठ र सहसराम यादवले फोन उठाएनन भने बिर बहादुर रानाले आज त्यस्तै परिस्थीती भएको बताए।

यसअघि गएको असोज ३ गते सम्विधान दिवस समारोहमा पनि आन्तरिक मामिला मन्त्री बाहेक अन्यमन्त्रीहरु कार्यक्रममा सहभागी भएनन् भने उद्योग मन्त्री अजय शाही कार्यक्रम सकिएपछि मात्रै कार्यक्रम स्थल पुगेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button