राष्ट्रियसमाचार

बुटवलको वडा न. १९ मा एमाले बिजयी

बुटवल जेठ १ । नेकपा एमालेले बुटवलको वडा नं १९ बाट बिजयको पहिलो खाता खोलेको छ।

बुटवल उपमहानगर पालिका वडा नं १९ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्र सिंह थापाको प्यानल सहित बिजय हासिल गरेको हो।

नेकपा एमालेका चन्द्र सिंह थापाले नेपाली कांग्रेसका भिम प्रसाद श्रेष्ठलाई पराजित गर्दै बिजयी भएका हुन। यद्यपी निर्वाचन आयोगले घोषणा गर्न भने बांकी छ।

यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका हिम बहादुर क्षेत्री संग थापा पराजित भएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button