
बुटवल , बैशाख ३१ । रुपन्देहीको सुद्धोधनमा जनता समाजबादी पार्टीले बिजयी सूरुवात गरेको छ।
रुपन्देहीमा सनिवार सम्पन्न स्थानीय तहको निर्वाचनमा बिजय भएको पहिलो घोषणा हो।
सुद्धोधन गाउपालिकाको वडा नं १ मा भर्खरै सम्पन्न मत परिणाम अनुसार जनाता समाजबादी पार्टीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया(बावुराम पाल)ले बिजय हासिल गरेका हुन। उनी एक मत अन्तरले मात्रै उनी बिजय भएका हुन।
उदयराज गडेरीयाले ९९२ मत पाउदा नेपाली कांग्रेसका उम्मेदवारले ९९१ मत पाए भने एमालेले उक्त वडामा २१२ मत पाएको छ।