
बुटवल बैशाख ३१ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांगे्रसले सूरुवाती अग्रता लिएको छ।
सिद्धार्थ नगर नगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्र संग गठबन्धन गरेको नेपाली कांगे्रसका उम्मेदवार ईस्तीयाक अहमदले गणना भएको ७९२ मत मध्ये ३९१ मत पाएका छन्।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन। उक्त वडामा नेकपा एमालेका उम्मेदवार डा.राम प्रसाद बस्याले ६२ र जनता समाजबादी पार्टीका उम्मेदवार मातृका यादवले ५३ मत प्राप्त गरेका छन्।
त्यसैगरी उप प्रमुख पदमा जनता समाजबादीका उम्मेदवारले १४४ मत पाएका छन भने नेपाली कांग्रेस समर्थीत गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले १२७ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १०७ मत पाएका छन भने नेकपा एमालेका उम्मेदवारले ८६ मत पाएका छन्।
उक्त वडाको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले ४१६ मतका साथ अग्रता लिएका छन भने १६५ मतका साथ जनता समाजबादी पार्टीका उम्मेदवार दोश्रोमा छन्। नेकपा एमालेका उम्मेदवारले ४८ मत पाएका छन्। भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ४३ मत पाएका छन्।