मनोरञ्जनराष्ट्रियसमाचार

भूपेन्द्र थापा मगरले नेपाल आइडल सिजन ४ को उपाधि जिते

बुटवल , चैत ५।भैरहवाका भूपेन्द्र थापा मगरले गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि जितेका छन्।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन्।

दर्शकको भोटको आधारमा बिजेता बनेका भुपेन्द्रले उपाधि र ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे।

एपीवान टेलिभिजनमा प्रसारण भई नेपाल आइडल सिजन-४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए। उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे।

उनीहरू संगै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए। उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे। संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान यसपटक निर्णायकको रुपमा थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button