धर्म-संस्कारप्रदेश ५प्रदेश खबरराष्ट्रियसमाचार

फागुन १५ गते ४० औं मगर एकता दिवस मनाउने

बुटवल १४ फागुन । नेपाल मगर संघ शुद्धाेधन गाउँ कमिटी र नेपाल मगर संघ सियारी गाउँ समिति रुपन्देहीले ४० औं मगर एकता दिवस मनाउने भएको छ । नेपाल मगर संघ शुद्धाेधन गाउँ कमिटीले फागुन १५ गते मानपकडि दरबाहमा र नेपाल मगर संघ सियारी गाउँ समितिले जनता माबीको प्राङ्गणमा सियारिमा ४० औं मगर एकता दिवस आयोजना गरेको छ । मगरहरुको कला सस्कृती , रितिरिवाजलाई जगेर्ना गर्नका लागि प्रत्येक बर्ष फागुन १५ गते मगर एकता दिवस अर्थात (मगर संघ स्थापना दिवस ) मनाउदै आइएको छ । सो कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमको आकर्षकको रुपमा चर्चित लोक गायक गायिकाहरु प्रचण्ड जिसि ,भुवन अधिकारी ,सपना गाहा मगर , दिपक दर्लामी , पुस्पा थापा , रितु थापा , र खुमा थापाको बाध्य बाधन टाेलि सहित लाइभ दोहोरी धमाका हुने , मगर समुदायको स्वादिष्ट फुट स्टल , विभिन्न खेलकुद प्रतियोगिता हुने कुरा आयोजकले बताएका छन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button