राष्ट्रियसमाचार

सरकारले पिसिआर परिक्षणको शुल्क दुई सय रुपैयाँँले घटायाे

बुटवल ५ माघ । सरकारले कोरोना संक्रमण भएको छ(छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । यस अघि सरकारी प्रयोगशालाबाट लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई समायोजन गरेर आठ सय रुपैयाँ कायम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार पाँच सय रुपैयाँ मात्र लिन पाउने भएका छन् । यस अघि सरकारले निजी प्रयोगशालाका लागि बढीमा दुई हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार चार सय नौ जनाको नमूना परीक्षण गर्दा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो दैनिक विवरण अनुसार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण हो । यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन् । थप चार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button