भैरहवामा नया स्वाद दिने उदेश्यका साथ ग्राण्ड किचन सन्चालनमा

बुटवल ५ माघ । भैरहवाका युवाहरुको लगानीमा नया अवधारणा र खानका पारखीहरुलाई नया स्वाद दिने उदेश्यका साथ ग्राण्ड किचन सन्चालनमा आएको छ।
डेढ करोडको लगानीमा सन्चालमा आएको ग्राण्ड किचन रेष्टुरेन्टले भैरहवा र यसपास रहेका ब्यवसायीक फर्म र परिवारमा समेत डेलिभरी सुबिधा सहित परिकारहरु उपलब्ध गराउने सोंचका साथ सन्चालनमा ल्याइएको हो।
रेष्टुरेन्ट ब्यवस्थापनका अनुसार ईन्डियन,नेपाली कन्टीनेन्टल खानाका साथै ४ प्रकारका नया परिकारहरु तथा २५ प्रकारको कफीको स्वाद लिन पाइने छ।
ग्राण्ड किचन ब्यवस्थापनका अनुसार रेष्टुरेन्टमा चिया र कफी संगै पाठकहरुका लागि पुस्तकहरुको समेत ब्यवस्था गरिएको छ।
हामीले भैरहवा क्षेत्रमा रहेका कर्पोरेट ग्राहकलाइ लक्षित गरि होम डेलिवरिको ब्यवस्था सहित ग्राण्ड किचन सन्चालनमा ल्याएका हौं। होटलमा आउने ग्राहकहरुलाई पुस्तकालयको समेत ब्यवस्था गरिएको छ ।सन्चालक उमेश आचार्यले भने।
यसको साथै बालबालिकालाइ लक्षित गरि हरेक शनिबार बिहानको नास्ता “किड्स मेनु” ,रहने छ भने हरेक शुक्रबार ” ह्यप्पी आवर” लगायतको सुविधाहरु ग्राहकले लिन सक्नेछन आचार्यले भने।
होटलमा खानाका विशेष परिकारका साथै २५ बढी प्रकारका कफिको स्वाद लिन पाउने छन । कफिसंगै पुस्तकालय र अन्य पुराना बस्तुहरु समेत संग्रहित गरिएको छ ।
यसको साथै यस क्षेत्रमा कार्यक्रम गर्नको लागि ५० जना सम्म अट्ने सभाहलको ब्यवस्था समेत रहेको अर्का सन्चालक राजु रिजालले जनाए । उनले खानाको मूल्य भैरहवाको अन्य होटलकै हाराहारीमा रहेको बताए ।
रिजालका अनुसार भैरहवामा बढ्दो शहरीकरण, अन्तरास्ट्रिय बिमानस्थल लगायतको सम्भावना देखेर होटल सन्चालनमा ल्याएको हो।