प्रदेश ५प्रदेश खबरराष्ट्रियसमाचार

बुटवल उपमहानगरपालिकाले अत्याधुनिक भवन निर्माण , आज उद्धघाटन कार्यक्रम

बुटवल ५ माघ । बुटवल उपमहानगरपालिकाले अत्याधुनिक भवन निर्माण गरेको छ । असार ०७५ मा शिलान्यास भएको भवनको आज पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरि नयाँ भवन निर्माण भएको नगर प्रमुख शिबराज सुवेदीले बताए ।

प्रमुख प्रशासनिकसहित ६ वटा ब्लकमा भवन निर्माण भएको हो ।अहिले निर्माण भएको भवन ‘ए ब्लक’ हो । चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यु बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा ०७८ असारमा सक्ने गरी ठेक्का सम्झौता गरिएपनि निर्माणमा ढिलाइ भएको हो ।
भवनको अन्डरग्राउन्डमा एक सय ६ वटा मोटरसाइकल र ३५ वटा कार पार्किङ गर्न मिल्नेछ । पहिले रहेको तिलोत्तमा पार्क मासेर कार्यालय भवन निर्माण गरिएको हो ।  मुलुकमा गणतन्त्र आएसँगै तत्कालीन शाही सरकारले निर्माण गरेको ‘महेन्द्र पार्क’को नाम परिर्वतन गरी तिलोत्तमा पार्क राखिएको थियो ।

हाल बुटवल उपमहानगरपालिकाको दायाँपट्टि रहेको बुटवल उपमहानगरले भवन बनाएको हो  । कोभिडको संक्रमण जोखिमका कारणले उद्घाघाटन समारोह संक्षिप्त र भर्चुअलबाट हुने छ ।

भवनको उद्घाटन अनलाइनको भर्चुअल विधिबाट हुनेछ भने समारोह स्थलमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु स्वास्थ्य मापदण्ड पालना गर्दै सहभागि हुने  बुटवल उपमहानगरपालिका प्रेस सल्लाहकारअमृत गिरीले बताए।
समारोह स्थलमा अतिथिका रुपमा माननीयहरू लिला गिरी, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरी,प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत सहभागी हुनेछन् । 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button