दुर्घटनाप्रदेश ५प्रदेश खबरराष्ट्रियसमाचार

बुटवलको कालिकानगरमा मोटरसाइकलले माइक्रो बसको सह–चालकलाई ठक्कर

बुटवल ५ माघ । बुटवलको कालिकानगरमा मोटरसाइकलले माइक्रो बसको सह–चालकलाई ठक्कर दिएको छ । बुधबार बिहान बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु २ ख ७८ नम्बरको माइक्रो बसको सह–चालकलाई सोही दिशाबाट आएको लु ६७ प ५९८ नम्बरको बुलेट बाइकले ठक्कर दिएको हो ।

कालिकानगरमा माइक्रो बस रोकेर यात्रुलाई बोलाउन बाटो क्रस गर्ने क्रममा तीब्र गतिमा आएको मोटरसाइकलले सह–चालकलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट माइक्रो बसका सहचालक काठमाडौँ स्थायी ठेगाना भएका ३० वर्षीय सन्तोष भुजेल गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रवक्ता मोहन बहादुर खाँणले जानकारी दिए ।

यस्तै ठक्कर दिने मोटरसाइकलका चालक बुटवल उपमहानगरपालिका–४ का अभिषेक पाण्डे सामान्य घाइते भएको प्रहरी प्रवक्ता खाँणले बताए । घाइते दुबै जनाको बुटवल कालिकानगर स्थित चौराहा हस्पिटलमा उपचार भइरहेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button