प्रदेश ५प्रदेश खबरराष्ट्रियसमाचार

श्री नवजागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वाषिेक साधारण सभा सम्पन्न

अभिलेख पौडयाल
बुटवल २९ पौष ।
श्री नवजागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वाषिेक साधारण सभा सम्पन्न भएको छ । श्री नवजागृती बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बुटवल १९ देविस्थानको कार्यालय प्राङ्गणमा २२ औं वाषिेक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम सस्थाको अध्यक्ष ओमकार गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । सहकारीले आर्थिक वर्ष २०७७/७८ मा सेयर पुजि २० लाख ४ हजार तथा २२ लाख १२ हजार रुपैयाँ बचत सङ्गकलन गरेको छ । यसैगरी ३८ हजार ७५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै १ करोड १६ लाख ८७ हजार १ सय ९० रुपैयाँको कुल कारोबार गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा सस्थाको अध्यक्ष ओमकार गौतमले प्रतिवेदन पेश सङै २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । उक्त प्रतिवेदनमा ऋण लगानी गर्दा उत्पादन मुलक क्षेत्रलाई प्राथमिकता दिने , शेयर सदस्य वृद्धि गर्ने , सदस्यको क्षमता विकासको लागि सिपमुलक तालीमको आयोजना गर्ने , जनजागृती स्वालम्बन बचत तथा ऋण सहकारी सस्था बुटवल १९ सङ्ग एकिकरणकाे काम सम्पन्न गर्ने , अनुकुल अवस्था भएमा अवलोकन भ्रमणको आयोजना गर्ने , संचालक लाई प्रती बैठक उपलब्ध गराइएको यातायात खर्च रु. २०० लाई निरन्तरता दिने , आवश्यकताअनुसार कर्मचारी नियुक्ति गर्ने , सस्थाको स्थायी कार्यालय निर्माणको लागि आवश्यक पहल गर्ने कुराहरु २०७८/७९ को निति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष ओमकार गौतमले जानकारी दिनुभएको छ ।

उक्त कार्याक्रममा लेखा प्रतिवेदन लेखा संयोजक मन्जु अधिकारीले प्रस्तुत गर्नुभएको थियोे भने लेखा परिक्षण प्रतिवेदन सस्थाका ब्यवस्थापक श्री शिवलाल पौडेलले प्रस्तुत गर्नुभएको थियोे । उक्त कार्यक्रममा बम भोला दुर्गा मन्दिर टाेल विकास सस्थाका अध्यक्ष तथा शेयर सदस्य डिलाराम न्यौपाने , समाजसेवी तथा शेयर सदस्य देवान सिङ्ग थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सस्थाका अध्यक्ष ओमकार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष कल्पना केसीको स्वागत तथा सस्थाका सचिब हेमलाल पौडेलको संचालनमा कार्यक्रम सप्पन्न भएको हो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button