प्रवाससमाचार

रुपन्देही सेवा समाज युएई को चौथौं महाधिवेशन सम्पन्न

रुपन्देही सेवा समाज युएई को चौथौं महाधिवेशन बर दुबई स्थित सिल्भर स्पुन रेस्टुरेन्टको हलमा भब्यताका साथ सम्पन्न भएको छ । उक्त महाधिवेशन बाट सर्बसहमतिमा श्री टंक थापा मगर ज्युको अध्यक्षतामा नयाँ कार्य समितिको गठन भएको छ ।
रुपन्देही सेवा समाज युएईले बिगत मा जस्तै महाधिवेशन लाई भब्यताकासाथ सम्पन्न गर्ने योजना रहेता पनि अहिलेको यो कोभिड-१९ को कारण साथै युएई को नियम कानुनलाई मध्य नजर गरि समाजले एक सामान्य कार्यक्रम गरि उक्त महाधिबेशन सम्पन्न गरेको थियो साथै उक्त कार्यक्रम मा रुपन्देही सेवा समाजका महिला दिदि बहिनी हरुलाई तिज बिशेष दर खुवाउने कार्यक्रम पनि गरिएको थियो I
उक्त महाधिवेशनमा निर्बाचन समितिका संयोजक साथै रुपन्देही सेवा समाजका संरक्षक श्री हरिप्रसाद चापागाई ज्युले नयाँ कार्यसमितिको नामावली सहित घोषणा गर्नु भएको थियो I महाधिवेशनमा सर्बसहमति बाट निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु तथा सदस्य ज्यु हरुलाई हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो
महाधिवेशन बाट अध्यक्ष टंक थापा मगर,बरिष्ठ उपाध्यक्ष रिषि भण्डारि,उपाध्यक्ष अमित लोहनि, महिला उपाध्यक्ष कला पङगेनि, उपाध्यक्ष हुमराज बिक, महासचिब युबराज भट्टराई, सचिब खेमराज रास्कोटी मगर, सह-सचिब लिलामणि खनाल, कोषाध्यक्ष मोहन चापागाई, सह-कोषाध्यक्ष नारायणि भुसाल र अन्य सदस्यमा निर्वाचित हुनुभएको छ।
रुपन्देही सेवा समाज युएई को चौथौं महाधिवेशन लाई सफल बनाउनको लागि अहोरात्र खट्नु हुने निर्बाचन समितिका संयोजक तथा समाजका संरक्षक श्री हरिप्रसाद चापांगाई ज्यु तेस्तै गरि निर्बाचन समिति सदस्य तथा समाजका पुर्व अध्यक्ष श्री नेत्र शर्मा ज्यु , निर्वाचन समिति सदस्यहरु श्री नीराज पाण्डे ज्यु , राजु केसी ज्यु साथै यम घर्ति ज्यु लगाएत समाजमा आवद्ध सम्पूर्ण रुपन्देहीबासि तथा अन्य जिल्लाहरु बाट पनि यस कार्यक्रममा उपस्थित भएर समाजलाई सहयोग गरिदिनुहुने सबैलाई रुपन्देही सेवा समाज युएईका पूर्वअध्यक्ष धर्म प्रसाद भटराईले धन्यवाद दिनु भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button