समाचार

भैरहवामा कलाकार प्रदीप र स्वस्तिमाले गरे टिभीएस एनटर्क 125 BS-VI स्कुटर लन्च

 
भैरहवा,साउन २०

 टिभिएस मोटर कम्पनीले बिएस,भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सिसिको स्कुटरलाई आज एक साथ भैरहवामा लञ्च गरेको छ ।
 नेपाल मै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर टिभिएसले रुपन्देहीका शोरुमहरुबाट लन्च गरेको हो । टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मका चर्चित कलाकार प्रदिप खड्का र स्वस्तिमा खड्काको उपस्थितीमा  भैरहवाको शोरुमबाट स्कुटीको लन्च गरिएको हो ।
यस क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएसको नँया मोडेलमा स्कुटी बजारमा आएको भैरहवाको बुद्धचोकमा रहेको शोरुमका बेवस्थापक खेम जिसीले बताए ।
आजै पहिलो दिन ५ वटा स्कुटी विक्रि भईसकेको उनले बताए ।  शो रुमका लगानी कर्ता  विमर्श श्रेष्ठले युवा पुस्तामा टिभिएस मोटर कम्पनीको स्कूटी रोजाई बढ्दै जाँदा अहिले एनर्टक मोडेलको स्कूटीमा ब्लुटुथ समेत भएको बताए ।  
बजार प्रमुख विक्रम पाण्डेले टिभिएस कम्पनिको पहिलो स्मार्टनेक्टरलाई प्रस्तुत गर्ने प्रविधि भएको बताए ।
यो स्कूटिमा स्पिडोमिटर , नेभिगेशनएसिस्ट , टप स्पीड रेकर्डर , इन–बिल्ट ल्याप टाइमर , फोन ब्याट्री, स्ट्ेन्थडिस्प्ले , लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर ,ट्रिप मिटर ,स्ट्रट र स्पोर्ट लगायतका मल्टिराईड स्टाटिस्टिक मोल जस्ता सुविधाहलाई कम्पन्नीले समेटेको छ ।
स्कुटी म्याट रेड , मेटालिक ग्रे , मेटलिक रेड , मेटलिक निलो रंगमा उपलब्ध रहेको छ । कार्यक्रममा ब्राण्ड एम्बेस्डरहरु प्रदिप खड्का र स्वस्तिमा खड्काले बाेल्दै सबैको राेजाइमा परेको बताए । कार्यक्रमको संचालन संचारकर्मी रवि रानाले गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button