Uncategorizedमनोरञ्जन
Trending

गायक मार्मिक लामाको स्वरमा रहेको नयाँ गीत ‘सुनबुकी फूल’ सार्वजनिक

गायक मार्मिक लामाको स्वरमा रहेको नयाँ गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ। ‘फुलबुट्टे सारी’ गीतको ओर्जिनल गायक रहेका मार्मिक लामो समय पछि गायनमा फर्किएका हुन् ।१२ बर्ष अगाडी रेकर्ड भएको ‘फुलबुट्टे सारी’ पहिलो लकडाउनमा निकै चर्चामा आएको थियो । सोहि गीतको सफलता पछि राजन राज शिवाकोटीको शब्द / संगीत मा मार्मिक लामाको आवाजमा यो गीत सार्वजनिक भएको छ। राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा आनन्द सिंह, रक्षा थापा र अभिषेक वजगाई फिचर रहेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

Tags
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button