समाचार

जन्म दिनमा बुटवलका अर्जुन गुरुङले गरे लाख बराबरको राहत वितरण

बुटवल । रुपन्देहीको बुटवल–१७ राजीगञ्जका अर्जुन गुरुङले आफ्नो जन्मदिनको अवसरमा करिबलाख बराबरको खाद्यय सामग्री राहत विरतण गरेका छन् । गुरुङले आफ्नाे २९ औं जन्मदिनकाेअवसरमा सोमबार बुटवलका विभिन्न आश्रम, सडक बालबालिका तथा सडकाश्रित कुकुरहरुलाईखाना तथा खाद्य सामग्री प्रदान गरेका हुन् ।

जन्मदिनका अवसरमा सामाजिक उत्तरदायित्व  मानवीय सेवाभावका कारण आफूले राहत सामग्री वितरण गरेको उनले बताए ।फुलबारी गाइजका उपाध्यक्ष समेत रहेका २९ वर्षिय गुरुङले बुटवल११ देविनगरमा अवस्थित अपाङ्ग तथा अनाश्रामलुम्बिनीअपाङ्गदृष्टिविहिन तथा अनाथाश्रम  सिद्धकुमार वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई चामलदालनूनतेलचाउचाउ लगायतकाखाद्य सामग्री वितरण गरेका हुन्  यसैगरी सडक बालबालिकासडकमा रहेका बेसाहरा कुकुरलाई समेत खाना खुवाएका थिए ।फुलबारी गाइजका अध्यक्ष शिव रानायुवा नेता हसन्त तामाङ तथा फुलबारी गाइजका सदस्यहरुको उपस्थितीमा उनले ९६ हजारबढीका राहत सामग्री वितरण गरेका थिए 

विश्वव्यापी कोरोना महामारीले मानव जीवन अस्तव्यस्त भइरहेका बेला जन्मदिन तथा अन्य विभिन्न बहानामा गरिने फजुल खर्चलाईसामाजीक  मानवीय कार्यमा खर्च गर्ने उद्देश्यले राहत वितरण गरेको गुरुङले बताए  अन्य युवाहरुले समेत अनावश्यक खर्च गर्नुकोसाटो यसरीनै सामाजिक सेवा  मानवीय सेवामा खर्च गर्न सके जन्मदिन  आफूले मनाउने खुसीयालीको सार्थकता रहन सक्ने उनलेबताए 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button