समाचार

सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७ जनाको मृत्यु

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मंगलबार साँझ आएको पहिरो एवं मेलम्ची र इन्द्रवती नदीमा आएको भीषण बाढीमा परि हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले सात जना भन्दा बढीको मानवीय क्षतिको विवरण नआएको बताएका छन् । मृत्यु भएकाको पहिचान अहिलेसम्म हुनसकेको छैन ।

मंगलबार साँझ ६ बजेतिर हेलम्बुमा पहिरो गएको थियो । सँगसँगै अबिरल बर्षाका कारण मेलम्ची नदीमा अहिलेसम्मकै बाढी आएपछि मेलम्चीको तटीय क्षेत्रमा व्यापक क्षति पुगेको छ । स्थानीय बासिन्दाका अनुसार अहिले पनि कैयौं व्यक्ति वेपत्ता भएका छन् ।

बाढी पहिरोले हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बबगाएको छ । नदी तटीय क्षेत्रमा रहेको मेलम्ची बजारमा बाढी पसेको छ । सडक भत्किँदा यातायात सम्पर्क विच्छेद भएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button