दुर्घटनासमाचार
Trending

जिपको ठक्करबाट प्रहरी जवानको निधन

तिब्र गतिमा गुडि रहेको जिपको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ । अर्घांखाची गोरुसिंहे सडक खण्डमा उक्त दुर्घटना भएको हो। कपिलबस्तुको गोरुसिंहबाट पत्थरकोट तर्फ जादै गरेको लु मा सवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी जवान राम बहादुर बिसीलाई पत्थरकोटबाट गोरु सिंहे तर्फ आउदै गरेको लु नंम्वरको स्कारपियो जिपले ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भिर घाईते प्रहरी जवान बिसीलाई उपचारका लागि तौलिहवा लगिएकोमा अस्पतालमा पुरयाउदा निधन भई सकेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत बिसी अर्घाखांचीको सितगंगा नगरपालिका वडा नं १२ का स्थायी बासिन्दा हुन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button