Uncategorizedप्रदेश ५
Trending

चरङ्गेबाट अवैध काठसहित टिपर र तस्कर पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, गंगाबहादुर बुढा, बुटवलका रोहित घले र देवदह चरङ्गेका प्रेमबहादुर थापा छन्।

नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० पिस सालका गोलिया बरामद गरिएको छ। बरामद काठ, टिपर र त्यसमा संलग्न चारै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button