प्रदेश ४प्रदेश खबरराजनीति
Trending

पूर्वमुख्यमन्त्रीलाई सुविधा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ ।

काठमाडौं : गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।

आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि मन्त्रिपरिषदमा छलफल भएको उनले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । बजेटअघि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्छ । यसका लागि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

नीति तथा कार्यक्रम र बजेटका विषयमा भने कुनै निर्णय नभएको उनले जानकारी दिए । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनको मन्त्रिपरिषदमा चार जना मन्त्री छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button