Uncategorized

रुपन्देही,हत्या आरोपमा पाँच जना पक्राउ

बुटवल : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनौराका ३५ वर्षिय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनौराका २२ वर्षीय बलजित पासी, सोही स्थानका ३० वर्षीय दुर्गेश पासजान, २४ वर्षीय राकेश यादव, २० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

गत जेठ २३ गते बिहान साढे ६ बजे लु।स।न।पा।–४ स्थित मनौरा बन्दरगढबाट महेन्द्र यादवको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा खटिएको टोली घटनास्थल पुग्दा मृतकको टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी घाउ चोट लागि अनुहार र टाउको समेतको भाग रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।

जेठ २५ गते मंगलबार पक्राउ गरिएको पाँच जना प्रतिवादीलाई बुधबार रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो । हत्यामा प्रयोग भएको धारिलो हतियार फलामको दाउ १ थान, पानी तान्ने चापाकलको ह्याण्डर १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button