प्रदेश ५समाचार

तिलोत्तमामा बन्दै अत्याधुनिक बस टर्मिनल

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकाको वडा नं. १३ र १४ टिकुलगढमा प्रादेशिक बस टर्मिनल बनाउनका लागि नगरपालिकाले अगाडी बढाएको कार्यक्रमलाई संघीय सरकारले बजेट सुनिश्चित गरेपछि निर्माण हुने पक्का भएको हो। उक्त बस टर्मिनलको टेण्डर प्रक्रिया अगाडी बढाउने गरी संघीय सरकारले १ करोड ६६ लाख बजेट छुट्टाएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।

हाल बुटवल र भैरहवामा सञ्चालन भईरहेका बसपार्कले सवारी साधनको चाप थेग्न नसकिरहेकोले अत्याधुनिक सुविधा सहितको प्रादेशिक बस टर्मिनलको निर्माणका लागि प्रस्ताव गरिएको नगरप्रमुख घिमिरेले बताए।

तिनाउ नदिले उकास बनाएको १८ विगाहा क्षेत्रमा निर्माण गर्न लागिएको बस टर्मिनलस्थल गौतमबुद्ध विमानस्थल, बुद्धजन्मस्थल लुम्बिनी, बुटवल, भैरहवालगायत रूपन्देहीका धेरैजसो पालिकालाईसमेत पहुँच पुग्ने स्थानमा रहेको नगरपालिकाले जनाएको छ ।

प्रस्तावित बस टर्मिनल निर्माणस्थल बेलहीया बुटवल ६ लेन सडकको पत्थरडाँडाबाट ६ किलोमिटर पश्चिम दक्षिणमा पर्छ भने गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलदेखि पनि ६ किलोमिटर उत्तरमा पर्छ । सुविधासम्पन्न, प्रविधियुक्त र स्तरीय सेवासहितको बस टर्मिनलमा पेट्रोलपम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दूरीका सवारीसाधनको लागि अलग्गै पार्किङ क्षेत्र, सुरक्षा चौकी रहनेगरी डिजाइन तयार गरिएको छ।

काठमाण्डौंको डेकोर स्टुडियोले तयार पारेको आर्किटेक्ट डिजाइन अनुसार बस टर्मिनलमा डिजिटल प्रविधिसहितको टिकट काउन्टर, गाडीको रुट र समय चार्ट राखिने छ । किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभित्र थरिका ३० वटा पसल समेत बस टर्मिनलभित्रै निर्माण हुनेछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button