अरु के छ विशेषप्रदेश ५
Trending

रुपन्देहीमा कोरोना खोपमा पनि राजनीति

ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद छ

जनप्रतिनिधिका आफन्त, पार्टीका कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद हुँदा जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र मर्चवारी गाउँपालिकामा विवाद भएपछि खोप कार्यक्रम स्थगित भएको छ । जनप्रतिनिधिले मापदण्ड विपरीत आफ्ना मान्छेलाई खोप लगाउन दबाब दिएका थिए ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लामा ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई मंगलबारदेखि लगाउन शुरु भएको थियो । लक्षित उमेर समूहलाई नै पुग्ने खोप नआएका बेला जनप्रतिनिधिले आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘तोकिएको उमेर समूहभन्दा बाहिर गएर एक जना वडाअध्यक्षले आफ्ना छिमेकी, आफन्त र कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद भएको जानकारी ओमसतियाका एक स्वास्थ्यकर्मीले दिएका छन

ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद छ

Tags
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button