अन्तर्राष्ट्रिय समाचारअरु के छ विशेषसमाचार

मलेसियामा १ सय ५६ विदेशी श्रमिकको शरिरमा किटनाशक औषधि छर्किईयो

जेठ २६, । मलेसियामा अवैधानिक रुपमा बस्दै आएको अभियोगमा पक्राउ परेका विदेशी श्रमिकको शरिरमा अध्यागमनका अधिकारीहरुले किटनाशक औषधि छर्किएपछि दुईजना सांसदले त्यसको विरोध गरेका छन् । उनीहरुले सम्वन्धित जिम्मेवार निकायल यसको जवाफ दिनु पर्ने भन्दै यसलाई अमानविय तथा आत्मसम्मानमा आँच आउने काम भन्दै निन्दा गरेका छन् ।

अवैधानिक रुपमा बस्दै आएको अभियोगमा पक्राउ परेका विदेशी श्रमिकहरुको टाउको,हात लगायत शरिरमा किटनाशक औषधि छर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सांसद डा. केल्भिन यीले त्यसो गर्नुको कारण मागेका छन् । उनीहरुलाई ठूलो समुहमा भुईमा बसाएर त्यसरी किटनाशक औषधि छर्किइएको भिडियो सार्वजनिक भएको छ ।

यदि कसैलाई उनीहरुले किटनाशक औषधि छर्किन्छन् भनें उनीहरुलाई समान व्यवहार गरिनु पर्दछ, चाहे ति विदेशी श्रमिक हुन् वा मलेसियन नागरिक यीले भनेका छन्, उनीहरुलाई खुल्ला चौरमा बसाएर जनावरलाई जस्तो गरेर किटनाशक औषधि छर्किनु अमानवीय काम हो । उनले कोभिड-१९ को भाइरस थुक, सिंगान जस्ता कुराबाट सर्ने देखिएका कारण धेरै व्यक्ति बसेको स्थानलाई किटनाशक औषधिले सफा गर्नु उचित रहेपनि मान्छेलाई नै औषधि छर्किनु उचित नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा १ सय ५६ जना आप्रवासी श्रमिक जो अवैधानिक रुपमा मलेसियामा बस्दै आएको अभियोगमा साइबरजयाबाट पक्राउ परेका हुन्, उनीहरुलाई त्यसरी औषधि छर्किइएको हो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button