ढल्यो नेकपाको लाल किल्ला २ दर्जन बढी कांग्रेस प्रवेश असंवैधानिक कदमको विरुद्ध नेपाली काङ्ग्रेस कालीगण्डकी गा.पा. गुल्मी द्वारा बिरोध सभा सम्पन्न ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरुद्धमा नेपाली काङ्ग्रेस कालीगण्डकी गा.पा. गुल्मी द्वारा बिरोध सभा सम्पन्न ।
दिपक बुढा मगर
कालिगण्डकी अनलाइन टिभी गुल्मी
माघ ३, २०७७
गुल्मी – सरकारको प्रतिनिधि सभा विघटनको संबिधान बिपरितको कदमको विरुद्धमा नेपाली काङ्ग्रेस, कालीगण्डकी गाउँ कार्यसमिती, गुल्मीको आयोजनामा कालीगण्डकी गाउँपालिका गुल्मी पुर्तिघाटमा विरोध सभा सम्पन्न भएको छ ।
उक्त विरोध सभामा प्रमुख अतिथी ने.का. गुल्मी जिल्ला उपसभापति “बिष्णु बलाल” त्यस्तै विशिष्ट अतिथिहरु ने.का. महासमिती सदस्य तथा कालीगण्डकी गाउँपालिका अध्यक्ष “बेद थापा मगर”, तरुण दल जिल्ला सभापति भरत भलामी, महाधिवेशन प्रतिनिधि तथा पत्रकार जगदीश भट्टराई को रहेको थियो । भने जिल्ला तथा क्षेत्रीय स्तरका नेपाली काङ्ग्रेसका क्रियाशिल नेताहरु तथा सयौं नेपाली काङ्ग्रेसमा आवद्ध कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अब देशलाई नेपाली कांग्रेसको नितान्त आवश्यकता रहेको र अबको यात्रामा नेपाली कांग्रेस एक भएर अगाडि बढ्ने, चुनाव भयो भने जसरी पनि सरकार आफ्नो पार्टीको बन्ने भन्नेमा ढुक्क हुन सबैलाई आग्रह समेत गरेका छन। साथै कालिगण्डकि गाउँपालिका वडा नं २ भएकोटमा पहिल्यै देखि नेकपा को रातो किल्ला लाई जुरुक्क उखेलेर आज रुख मुनि लिएका छन् ।र अब रुखले नै शितलता दिने भन्ने बाचुन्जेल सम्म रुखले अक्सिजन प्रदान गर्ने भन्दै आउँपालिका अध्यक्ष तथा महासमिती सदस्य बेद बहादुर थापाले सबैलाइ विपिको वैकल्पिक समाजवाद सबैलाई खुला हृदयले स्वागत गर्नु भएको छ।।
नव प्रवेशिहरुको नामावली
पुर्ण प्रसाद ढकाल – वार्ड नं ६
भुमिश्वर चालिसे – वार्ड नं ४
रुक ब.थापा – वार्ड नं २
बिनोद थापा – वार्ड नं २
हिरा थापा – वार्ड नं २
टेक ब. थापा – वार्ड नं २
प्रेम ब. थापा – वार्ड नं २
हिरा पाण्डे मगर – वार्ड नं २
छबिलाल राना मगर – वार्ड नं २
सस बहादुर सुनार – वार्ड नं २
देउ बहादुर थापा – वार्ड नं २
मन बहादुर थापा – वार्ड नं २
गज बहादुर नेपाली – वार्ड नं २
किशन पुलामी – वार्ड नं २
इन्द्र बहादुर थापा मगर – वार्ड नं २
हुम बहादुर बिक – वार्ड नं २
यमु गौतम – वार्ड नं ७
रुक बहादुर मकवानी – वार्ड नं १
तिलक मकवानी – वार्ड नं १
दुर्गा राना – वार्ड नं १
गणेश गौतम – वार्ड नं ७
डिल्लिराम पाण्डे – वार्ड नं १
प्रकाश थापा – वार्ड नं १
कृष्ण बहादुर शाह – वार्ड नं ७
ठानिश्वर सुनार – वार्ड नं १
हुमनाथ ढकाल – वार्ड नं ६
सुमित्रा सुनार – वार्ड नं १
तारा प्रसाद चपाई – वार्ड नं ६
बिरोध सभामा नेपाल सरकारको असंवैधानिक संसद विघटनको विरुद्धमा विभिन्न नारासहित पुर्तिघाट बजार परिक्रमा गरिएको थियो । त्यस्तै जिल्ला र क्षेत्र बाट पाल्नु भएका नेपाली काङ्ग्रेसका शिर्ष व्यक्तिहरुको गहन मन्तव्यहरु प्रस्तुत भएका थिए । उक्त बिरोध कार्यक्रमको संचालन ने.बि. संघका जिल्ला सदस्य “ऋषि राना” ले गर्नुभएको थियो भने कार्यक्रमको समापन नेपाली काङ्ग्रेस, कालीगण्डकी गाउँ कार्य समितिका सभापती “निम बहादुर श्रीस” ले गर्नुभएको थियो ।।
मन्तव्यहरु प्रस्तुत भएका थिए । उक्त बिरोध कार्यक्रमको संचालन ने.बि. संघका जिल्ला सदस्य “ऋषि राना” ले गर्नुभएको थियो भने कार्यक्रमको समापन नेपाली काङ्ग्रेस, कालीगण्डकी गाउँ कार्य समितिका सभापती “निम बहादुर श्रीस” ले गर्नुभएको थियो ।।
















