अरु के छ विशेषस्वास्थ्य / शिक्षा

१५ सैयाको हस्पिटल निर्माणको लागि करिब १४ रोपनी जग्गा फ्रीमा दान ।।माननीय मंत्री प्रदिप ज्ञवालिले सिल्यान्यास गर्दै।

कालिगण्डकी अनलाइन टिभि
कालिगण्डकी गुल्मी मंसिर
गुल्मिको कालिगण्डकि गाउँपालिकामा यहि मंसिर १५ गते माननीय परराष्ट मन्त्री प्रदीप ज्ञवालिको आगमन हुने भएको छ र १५ सैयाको हस्पिटल सिल्यान्यास हुने भएको छ।।
कालिगण्डकी करिडोरको छेउमा अवस्थित कालिगण्डकि गाउँपालिका गुल्मी को वडा नं ३ जयखानी बेल्टारिमा १५ सैयाको हस्पिटल निर्माण हुने भएको छ भने आज निसुल्क रुपमा जग्गा दान गर्ने काम सकिएको छ।।
आज गुल्मी मजुवा बाट आएका मालपोत कार्यालयका हाकिम सहि ८ जनाको टोलिले स्थलगत अनुगमन र सम्पुर्ण कामहरू सकेर पुरै तयारी का साथ मंसिर १५ गते माननिय परराष्ट मन्त्री प्रदीप ज्ञवाली उक्त हस्पिटलको सिल्यान्यास गर्नु कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ।।
उक्त हस्पिटल बनाउन को लागि ७ जना समाजसेवी ब्याक्तित्व र दानविरहरुले करिब १४ रोपनी जग्गा दान गर्नु भएको छ।।
सबैभन्दा बढी ॐ बहादुर बुढा र भिम बहादुर बुढाले ६ रोपनी र अर्का पुरन बुढा र मोतिबहादुर बुढाले ६ रोपनी तिल बहादुर बुढा ले १ रोपनी ६ आना लाल बहादुर बुढाले ८ आना र बिष्णु माया बुढाले एक रोपनी हस्पिटलको लागि निसुल्क जग्गा दान गर्नु भएको हो।।र उहाँहरूले गर्नु भएको यो अनुकरणीय काम र योग्दानको लागि कालीगण्डकी गाउँपालिकाले सम्मान तथा सिल्ल्यान्यास कार्यक्रम आयोजना गरेको छ।।

जग्गा दाताहरू

जग्गा हस्पिटल को लागि

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button