ऐतिहासिक सत्यवति क्षेत्रमा यो वर्ष कुनैपनी कार्यक्रम नहुने ।।तर बुढी सत्यवतिमा पुजा आराधना हुन सक्ने

कालिगण्डकी अनलाइन टि.भि
पुरन राजकोटी मगर,गुल्मी मंसिर १० बुधबार
वर्षेनि हजारौंको संख्यामा पुजा र मेला लाग्ने ऐतिहासिक सत्यवति क्षेत्रमा यो वर्ष कुनैपनी कार्यक्रम नहुने ।।
कालिगण्डकी गाउँपालिका गुल्मी र सत्यवती गाउँपालिका गुल्मीको पर्यटकीय,धार्मिक, साँस्कृतिक पुरातात्त्विक र ऐतिहासिक महतब बोकेको सत्यवती मेला यो बर्ष कोरोना भाइरस कोभिड १९ को महामारीको कारण देखाउँदै स्थानीय सरकार सत्यवती गाउँपालिका र सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन बिकास केन्द्र नेपालको संयुक्त साझेदारी मा यो वर्षको सत्यवती मेला अर्थात् कुनैपनी कार्यक्रम नगर्ने र नगराउने निर्णय गरिएको सत्यवती क्षेत्र संरक्षण समितिका अध्यक्ष युवराज तरामुले कालिगण्डकि अनलाइन टिभी संगको फोन वार्तामा बटाउनु भएको छ।।र सो जानकारीको लागि सूचना समेत सबैमा प्रबाह गरिसकिएको कुरा अवगत गराउँदै सुचनामा यस्तो लेखिएको छ।।
गुल्मी ठुलोलुम्पेक सत्यवती मेला र पुजा आजा रोकिएको बारे अत्यन्तै जरुरी सुचना
“”आदरणीय आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु विश्वमा महामारीको रुप लिइरहेको संक्रात्मक रोग कोभिड १९ ले हामी सबैलाइ आक्रान्त पारिरहेको कुरा अवगत नै छ।मानवीय स्वास्थ्यमा पर्न जाने नकारात्मक असरलाई ध्यानमा राखी हरेक वर्ष कार्तिक शुक्ल पुर्णिामाको दिन लाग्दै आएको सत्यवती मेला यहि मंसिर १४-१५ गते हुनुपर्नेमा यश बर्ष को लागि स्थानीय सरकारको निर्देशन र समय परिस्थिति को गम्भीरतालाई आत्मासात गर्दै सत्यवती मेला साथै पुजा आजा समेत रोक लगाइएको जानकारी लागि अनुरोध गरिन्छ ।
यश निर्णय बाट भक्तजन र ब्यापारी तथा मेला भर्न आउनु हुने सम्पुर्ण प्रति पर्न गएको असर र असुविधा प्रती हामी दुखी छौँ ।।
अनुरोधक सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन बिकास केन्द्र नेपाल
—–सत्यवती—-
वर्षको एकपटक कार्तिक शुक्ल पुर्णिामाको दिन हजारौं दर्शक र हजारौंको संख्यामा भक्तजनहरुको भिड लाग्ने सत्यवती क्षेत्र बाट हिमालय दृश्यावलकन गर्न सकिने बिहानी प्रहरको त्यो मुस्कुराउँदो हिमाल अनि मुटुको अन्तर छेउमा स्पर्श गर्दै जाने सिरेटो अनि मयुरको चालमा नृत्याङ्गना कलाकारहरुको ठूलो जमघट हुनेगर्द्छ।।
सत्यदेवी बुढी र कान नसुन्ने भएकाले त्याहा बिहानी प्रहरमा गएर चिच्याएर चर्को स्वरमा वर माग्नाले आफुले इच्छाएको मनको भाकाल पूरा हुने ऐतिहासिक कटुसत्य रहेको यश क्षेत्रमा यो वर्ष भने कुनैपनी कार्यक्रम र पुजा आराधना नहुने भएको छ भने सानो सत्यवती देखि करिब २ घण्टाको पैदलमार्ग पछि पुनः सुन्दर बुढी सत्यवती पुग्न सकिन्छ त्यहा भने सामाजिक दुरि कायम गर्दै पुजा आराधना गर्ने सबैमा जानकारि गराउँदै यो वर्ष घरमै बसेर वर मागौं अर्को वर्ष संगै हात समाएर सत्यवती घुमौला माया जाल बुनेर भविस्यको उज्ज्वल कामना गर्दै वर माग्न जाउँला।।।
धन्यवाद


