अरु के छ विशेष

घर जलेर नष्ट भएका गुल्मीका पीडितले पाए आर्थिक ,लत्ताकपडा खाद्यान्न लगायत अन्य थुप्रै राहत सामाग्री

कालिगण्डकि अनलाइन टिभी गुल्मी
मंसिर ७
गुल्मी को कालिगण्डकी गाउँपालिकाको वडा नं ६ अन्तर्गतको साविक टोलाकोटमा मिति २०७७/०७/२९ गते करिब ८ बजे आगोलागी भएर पुर्ण बहादुर तारामी र राम बहादुर तारामिको घर पुर्ण तह: खाद्यान्न लत्ताकपडा जलेर नस्ट भएको थियो।।
आज नेपाल रेडक्रस सोसाइटी उप-साखा फोक्सिङ र सरस्वती युवा क्लब फोक्सिङ्गले आगो लागि पीडित परिवारलाई संयुक्त खाद्यान्न,भाँडाकुँडा र लत्ताकपडा साथै अन्य आवश्यक सामाग्रीहरु वितरण गरेको छ।।

आज एक कार्यक्रमका बिच कालिगण्डकि गाउँपालिका विपद व्यवस्थापन समितिका टिम, सरस्वती युवा क्लब फोक्सिङ्गका सचीव धुर्ब बलाल र वडा नं ५ का अध्यक्ष थम्मनसिं आले नेपाली काँग्रेस कालिगण्डकी वडा ५ का सभापति ॐ बहादुर पुन लगायत कालिगण्डकि गाउँपालिका का अध्यक्ष बेद बहादुर थापा लगायतको उपस्थितिमा पीडितहरुलाइ राहत वितरण गरिएको हो।।
भने व्यक्तिगत रुमा नेका फोक्सिङ्ग सभापति ओम बहादुर पुनले पाँच हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ। भने विपद ब्यवस्थापन समिति संयोजक /वडा अध्यक्ष थम्मन सिं आले ज्युले आवस्यक जस्तापाता र अन्य आवश्यक सामाग्री सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ।।
साथै अन्य विभिन्न संघसंस्था र व्यक्तिहरुले पनि व्यक्तिगत सहयोग गर्दै आउनु भएको छ। भने
पीडित दुबै परिवारलाई यी सहयोगहरुले निकै ठूलो राहत पुगेको कुरा पीडित पक्ष बटाउनु हुन्छ। गाउँपालिका अध्यक्ष बेद बहादुर थापा ले उहाँहरुको स्थाइ बसोबासको लागि स्थानीय तहले आवश्यक सबै सरसहयोग गर्ने प्रतिबद्धता जनाउँदै घटना दु:खद भएको कुरा अवगत गराउनु भएको छ।।

राहत वितरण कार्यक्रम
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button