Uncategorizedअरु के छ विशेष

नेपाली काँग्रेसको पार्टी कार्यालय उत्घाटनमा २ दर्जन बढी विभिन्न पार्टिका कार्यकर्ता नेका मा प्रवेश फोटो फिचर ।।

पुरन राजकोटी मगर
कार्तिक २५ गुल्मी
गुल्मिको कालिगण्डकी गाउँपालिकामा जिल्लामा नै पहिलो पटक नेपाली काँग्रेस पार्टीको कार्यालय स्थापना भएको छ|| करिब २ दर्जन बढी कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन्||र नेपाली काँग्रेस कालिगण्डकि को ऐतिहासिक दिन बनेको छ।।
नेपाली काँग्रेस गुल्मी जिल्लाका पार्टी सभापतिले ब्यानर खोलेर कार्यालय उट्घाटन गरेपछि कार्यक्रम संचालनको अनुमती भएको थियो।।
जिल्लाका सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा कार्यक्रमको सभापतित्वमा नेपाली काँग्रेस कालिगण्डकी का सभापति श्री निम श्रीस रहनु भएको थियो भने कार्यक्रमको संचालन गोविन्द गौतमले गर्नु भएको थियो|| भने कार्यक्रममा नेपाल काँग्रेसका प्रभावशाली युवा नेतागण हरुको बाग्लो उपस्थिति रहेको थियो।।कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका पार्टी सचीव खिल्धोज पन्थी,क्षेत्रीय सभापति पारेस्वर ढकाल,बिष्णु बलाल कालिगण्डकि गाउँपालिका का अध्यक्ष बेद बहादुर थापा पार्टीको महाधिवेशन प्रतिनिधि तथा पत्रकार जगदीश भट्टराई लगायतले आफ्नो मन्तव्य राख्दै देशको अहिलेको अवस्थाले हाम्रो देश जनतालाई निश्चित विन्दुमा पुर्याउन नसक्ने र अहिलेको दुइतिहाइ सरकार भ्रस्टाचार नातावाद कृपावादमा दुबेको र आन्तरिक लडाइँमा तल्लीन रहेको बटाउँदै अबको निकास र बिकास नेपाली काँग्रेसको काधमा आएको बटाउँदै अब यो अहिलेको सरकारको रवैया यसरि टुलुटुलु सहेर नबस्ने भन्दै सवै कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ||

विपि र समाजवादको सिद्धान्तले अवलम्बन गरेको मार्ग कुनै वर्गलाई छोइछुटो नगर्ने दलित जनजाति सबै एउटा पार्टीमा अटाउने भेदभाव र विभेदकारी भुमिका काँग्रेस पार्टी भित्र नरहेको कुरा पनि जोडटोडका साथ प्रस्तुत भएको थियो र अध्यक्ष बेद बहादुर थापा, सभापति निम श्रीस ले कालिगण्डकी गाउँपालिकामा नेकपा ले गरेका अनैतिक क्रियाकलापको घोर आपत्ति जनाउँदै नेकपाले कालिगण्डकि गाउँपालिका भित्र २० हजार दिँदै आफ्नो पार्टिमा प्रवेश गराउने क्रियाकलापमा ध्यानाकर्षण भएको जानकारी गराउनु भएको छ भने ती पार्टी बनाउन आउने रकमहरुको लेखाजोखा र जवाफी कारबाही जनताले गर्ने समेत चेतावनी दिनुभएको थियो।।
आजको यश कार्यक्रममा विभिन्न साविकको वडा बाट नेपाल काँग्रेसको छाहारीमा प्रवेश गर्नेहरुको लर्को पनि लामो थियो र जसमध्ये धेरै पहिले बाट नेकपा मा क्रियाशील शक्तिशाली पार्टीका सदस्यहरु र कुनै पार्टिमा आवद्ध नभएका पनि स्वतस्फूर्त रुपमा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।।प्रवेश गर्ने मध्ये जयखानी साविक ५ का यम कुमार दर्लामी रहेका छन् जस्ले विगतमा कुनैपनी पार्टिको झण्डा र कुनै सदस्यता ग्रहण नगरेको र समाज र युवा वर्गले नै देश समाज समुन्नत बिकास गर्न सक्छ भन्ने अभियानका साथ आज बाट विधिवत रुपमा नेपाली काँग्रेसको सदस्यता आफुले लिएको बटाउनु भएको छ।।
त्यस्तै
नेकपाको गण मानिएको कालीगण्डकी ६ चिउरे बाट तात्कालिन नेकपा ए माले बाट निर्वाचित वडा अध्यक्ष प्रेम बहादुर पुन,खड्ग बहादुर नेपाली ,हिम बहादुर नेपाली,यम परियार,तारा परियार,रविन नेपाली,लाल बहादुर नेपाली,शेर बहादुर परियार,नरिस्वर परियार,दल बहादुर नेपाली,नर बहादुर नेपाली,रेसम परियार,टिक बहादुर सार्की,क्षेत्र बहादुर सार्की ,धने दमाई र सुमन बि.क. भने हिरा बहादुर थापा मगर अर्वेनी /मोटिकला राना पुर्तिघाट /इन्द्र बहादुर नेपालि पुर्तिघाट / टेक बहादुर थापा हर्मिचौर/टोप बहादुर थापा हर्मिचौर/हिम बहादुर थापा हर्मिचौर/डोलराज पाण्डे मगर हर्मिचौर/तिलक राजकोटी हर्मिचौर/
हरु आज नेपाली कांग्रेस प्रवेश गर्नु भएको हो।।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button