अरु के छ विशेष

कागती खेती युवा कृषकहरुलाइ ५००० घनलिटर को ट्याङ्की |फोटोफिचर

कालिगण्डकी गाउँपालिका गुल्मी जयखानी ३ का कृषकलाई आवश्यक सिंचाइको ब्यबस्था गर्दै गाउँपालिका।।
कालिगण्डकी अनलाइन टिभी गुल्मी कात्तिक १६
गुल्मी जिल्लाको सुदुर पुर्ब दुर्गम स्थानमा अवस्थित जयखानी भौगोलिक हिसाबले निकै पिछडिएको ठाउँ यद्यपि यहाँका युवाहरूले पछिल्लो समयमा आधुनिक र सामुहिक कागती खेती अवलम्बन अर्दै आएका छन् ।।आर्थिक वर्ष ७६/७७ को प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण युवा स्वरोजगार कार्यक्रम अन्तर गाउँपालिकाको छनोटमा मा परेको जयखानी साविक ३,४र ५ वडामा सामुहिक कागती खेती स्वीकृत गरि यो कार्यक्रम संचालन गरिएको थियो भने
ट्याङ्की बिषयमा छलफल

सबैभन्दा बढी १००० कागति बिरुवा साविक ५ जयखानीमा रोपिएको थियो||
भने उक्त कागतीहरु सिंचाइको अभावले सुक्ने र मर्ने अवस्था भएको कारण गाउँपालिका अध्यक्ष बेद बहादुर थापाको र सहायक इन्जिनियर को स्थलगत भ्रमण तथा अनुगमनले पानी संचय गर्नको लागि कलेक्सन ट्यंङ्की बनाउने निर्णय भएको छ।। बि.स. २०६३ तिर गोर्खा वेलफियर स्किम द्वारा निर्मित भुल्के खानेपानी आयोजना बाट ओभर फ्लो भएको पानीलाइ जम्मा गरेर यसरी कृषि खेतीपातीमा सिँचाइ गर्न लागिएको हो।।अध्यक्ष थापाको यो प्रतिबद्धता भोलिको दिन बाट लागुहुने गरि यो कार्यक्रम छिटोभन्दा छिटो सम्पन्नओ हुने भएपछि युवा कृषकहरु आफ्नो परिश्रमको फल पाउनेमा पक्का र खुशी व्यक्त गरेका छन् ।।
कस्तो किसिमको बन्ने छ ट्याङ्की
रेक्टेगंल आकारको
५००० हजार घन लिटर
पक्की प्लास्टर
३ मिटर चौडाइ र ४ मिटर लम्बाई
र वरिपरि काँडे तार ले घिरिने छ।।
र यहाका युवा कृषकहरु आधिकारिक संस्था भएको हुँदा कम्तिमा पनि कालिगण्डकी गाउँपालिका भित्र सबैलाइ पुग्ने हिसाबले प्याज नर्शरी संचालन गर्न लागिएको छ।।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button